FLASH NEWS
  • Loading...

बेनीनगरपालिका राष्ट्रपति रनिङ्ग शिल्ड प्रकाश माविकाे पाेल्टामा

  • पुनहिल डट कम
  • १ साल अघि
  • २७० पटक पढिएको
बेनीनगरपालिका राष्ट्रपति रनिङ्ग शिल्ड प्रकाश माविकाे पाेल्टामा

बेनीमा मंगलबार सम्पन्न भएको बेनी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि बेनीको प्रकाश माविले अाफ्नाे पाेल्टामा पारेकाे छ ।

प्रकाश माविले १५ स्वर्ण,९ रजत र ९ काश्य सहित जम्मा ३३ मेडल प्राप्त गरी प्रथम हुन सफल भएको हो ।

त्यस्तै बेनीकै माउण्ट एभरेष्ट आमाविले १० स्वर्ण, १० रजत र ९ काश्य सहित कुल २९ मेडल प्राप्त गरी उपविजेता बनेको छ । यसैगरी बेनीकै  न्यू वेष्ट प्वाइन्ट आमाविले ८ स्वर्ण,१४ रजत ८ काश्य सहित कुल ३१ मेडल प्राप्त गरी तितृय हुन सफल भएको छ ।

विजेता विद्यालय र विद्यार्थी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजा,बेनी नगरका प्रमुख सुरत केसी,उपप्रमुख ज्योती लामिछाने लगायतले नगद पुरस्कार,ट्रफि र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयले क्रमशः एकाउन्न हजार, चालिस हजार र २५ हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा २५ विद्यालय सहभागि भएकोमा १९ विद्यालयले विभिन्न विधामा मेडल प्राप्त गर्न सफल भएका छन् ।