FLASH NEWS
  • Loading...

बेनी नगरपालिका तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

  • पुनहिल डट कम
  • १ साल अघि
  • १०१ पटक पढिएको
बेनी नगरपालिका तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

बेनीमा नगरपालिका स्तरीय तेस्राे राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अाइतवारदेखी सुरु भएको छ ।

बेनी नगरपालिकाको आयोजनामा संचालित प्रतियोगिताको एक समाराेहवीच जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरे ।

प्रतियाेगितामा नगरपालिका क्षेत्रका दुइ वटा अाधारभुत तहका विद्यालयसमेत निजी तथा सामुदायीक गरी २१ माध्यामिकत विद्यालयकाे सहभागिता रहेकाे छ ।

प्रतियोगितामा छात्र/छात्रा भलिवल, एथलेटिक्स तर्फका एक, दुई, चार, आठ सय र पाँच हजार मिटर दौड, एक/एक तथा चार/चार रिले दौड, सटफुट, हाईजम्प, लङ्गजम्प र ट्रिपलजम्प, कपर्दी र मार्सल आर्टका खेल समावेश गरिने भएको छ । तर कुनै पनि विधाका खेल प्रतियोगितामा ५ टिम (विद्यालय) भन्दा न्युन सहभागिता भए उक्तखेललाई प्रतियोगितामा समावेश नगरिने भएको छ ।
‘निजी क्षेत्रका तथा सदरमुकाम बेनीका विद्यालयमा मात्र तेक्वाण्डो, कराँते लगाएत मार्सल आर्टस तर्फका खेलमा सहभागिता हुने र सोही खेलको अङ्कको आधारमा शिल्ड जित्ने परिस्थिती हुँदा ग्रामिण भेगका विद्यालय जहिल्यै हार्ने अवस्था नआवस भनेर कुनै पनि खेलमा कम्तीमा ५ टिम पुरा नभै प्रतियोगितामा सहभागी नगराउने निर्णय गरेका हौं’ पत्रकारसम्मेलनमा बोल्दै नगरप्रमुख सुरत केसीले भने, ‘सवै प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर १८ बर्ष मुनीको हुनु पर्ने ।’
प्रतियोगितामा छात्र/छात्रा भलिवल खेलको संयोजकमा बेनी नपा, ७ का वडाध्यक्ष रमेश श्रेष्ठ, एथलेटिक्समा वडा ६ का कृष्णसिं बानियाँ, कपर्दीमा ८ नम्बरका वडाध्यक्ष उत्तम कर्माचार्य र मार्सल आर्टस तर्फका खेलमा ९ नम्बर वडाध्यक्ष चक्र केसी संयोजक छन ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विवरण अनुसार भलिवल न्यूवेष्ट पोईन्टमा, एथलेटिक्सका खेल बेनी खेलमैदानमा, कपर्दी र मार्सल आर्टसका खेल बेनी कभर्ड हलमा संञ्चालन गरिने छ । कभर्ड हलमा खेल प्रतियोगिता जुधेको अवस्थामा कपर्दीलाई बेनी सामुदायीक माविमा संञ्चालन गर्ने गरी रिजर्भमा राखिएको छ ।