FLASH NEWS
  • Loading...

प्रकाश माविले मनायाे ७० अाै वार्षिकाेत्सव

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२२ पटक पढिएको
प्रकाश माविले मनायाे ७० अाै वार्षिकाेत्सव
सदरमुकाम स्थित प्रकाश माविले अाफ्नाे ७० अाैं वार्षिकाेत्सव विविध कार्यक्रम सहित मनाएकाे छ ।
शनिवार प्रकाश माविकाे प्रारङ्गणलमा अायाेजित वार्षिकाेत्सवकाे विद्यालयकी पूर्व विद्यार्थी एवं संरक्षक समेत रहेकी गण्डकी प्रदेश सभा सदस्य विमला गाैचनले एक समाराेह विच उद्घाटन गरेकी थिइन ।
उक्त कार्यक्रममा विद्यालय ब्यवस्थापन समितका अध्यक्ष नवीन कुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न बार्षिकाेत्सव कार्यक्रममा सदस्य हरीकृष्ण श्रेष्ठले स्वागत र प्रअ लेखबहादुर हमालले प्रगती प्रतिवेदन पेस गरेका थिए ।
उक्त अवसरमा पुर्व विद्यार्थी विमला गाैचन गण्डकी प्रदेश सभा सदस्य,  राज कुमार थापा समन्वय प्रमुख,  सुरत केसी मेयर, जानकी विश्वकर्मा समन्वय सदस्य, रमेशकुमार श्रेष्ठ  बेनी वडा ७ अध्यक्ष, कृष्णसिं वानिया बेनी ६ वडा अध्यक्ष, वडा  ७ सदस्य सृजना श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, कार्यपालिका सदस्य किसान विश्वकर्मा,  बेनी ७ वडा सदस्य रमेश फगामी, बेनी ८ वडा सदस्य हिरा पुनसमेतलाइ सम्मान गरिएकाे थियाे ।