FLASH NEWS
  • Loading...

म्याग्दी महोत्सव तयारी तिब्र

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३०० पटक पढिएको
म्याग्दी महोत्सव तयारी तिब्र

प्राचिन समयमा ‘साल्ट ट्रेड रुट’ को रुपमा चिनिने बेनी बजारको ऐतिहाँसिक महत्वलाई झल्काउने तथा आन्तरिक प्रर्यटन बढाउन पुस २८ देखी माघ ७ गतेसम्म बेनीमा म्याग्दी महोत्सवको तयारी तिब्र पारिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको म्याग्दी महोत्सवको आर्थिक श्रोत जुटाउन संघको एक टोली हालै राजधानीमा पुगेर विभिन्न बैंक तथा वित्तिय संस्था एवं लगानीकर्ताहरुसँग भेटेर प्रायोजन लिएर आएको छ । टोलिले राष्ट्रिय बाणिज्य बैंक,  गरिमा विकास बैंक, ब्यवसायी चन्द्र ढकालसमेतको ब्यवसायीक समुह र म्याग्दी हाईड्रो समेतका दाताहरुसँग भेटेर प्रायोजन प्रतिवद्धता लिएर फर्केको म्याग्दी उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश शाक्यले बताए ।

महोत्सवमा अवसरमा स्थानीय उत्पादन एवं औद्योगिक प्रर्दशनीका साथै लोकदोहोरी, एकल लोक गीत प्रतियोगिता (गण्डकी लोक आईडल), भलिबल तथा बास्केटबल प्रतियोगिता, राष्ट्रिय र स्थानीय कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुती, पालिकास्तरीय पुख्र्यौली नाच प्रतियोगिता, रत्यौलि प्रतियोगिता, झाँकी प्रर्दशनी लगायतका कार्यक्रम आयोजना गरिने महोत्सव मूल समितिले जानकारी दिएको छ ।

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा १ करोड २५ लाख आम्दानी र १ करोड १५ लाख खर्च हुने अनुमान गरिएको छ । स्थानीय उत्पादनलाई विक्रि र प्रचारप्रसार गर्नका लागि निशूल्क स्टलको व्यवस्था गरिएको छ । जिल्लाको सम्भावनालाई उजागर गर्ने उद्देश्यले २०५७ सालदेखि संघले महोत्सव लगाउदै आएको छ ।

दुई नदीको निरन्तर कटानले त्रिकोणाकार रुपमा कुँदिएको बेनी बजार पवित्र काली र मंगला नदीको संगमस्थल हो । ‘बेनी बजार पुग्ने जो कोही गुनगुनाउँछ –बेनीको बजार जतामायाँंं उतै छ नजर, किरेमिरे जाले रुमाल ।’