FLASH NEWS
  • Loading...

दरबाङ बजार अनुगमन

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११४ पटक पढिएको
दरबाङ बजार अनुगमन

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङकाे नेतृत्वमा पश्रिम म्याग्दीको मालिका गाउँपालिका–६,स्थित दरबाङ बजार अनुगमन गरिएको छ ।

अनुगमन क्रममा  अखाद्य ,म्याद गुज्रेका सामान बिक्री गरेको र खाद्य अनुज्ञा पत्र नलिइ संचालन गरेको पाइएको बजार अनुगमनमा सहभागी जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रतिनिधी लिलाबहादुर चाेखालले बताए।

अनुगमनक्रममा विभिन्न पसलबाट करिब दश हजार रुपैयाँ मुल्य बराबरको पेयपदार्थ ,वियर ,विस्कृट लगायत खाद्य सामाग्रीहरु उपभोग्य अवधी समाप्त भएकोले जफत गरी नष्ट गरिएको थियाे । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरिक्षक प्रेम अर्यालले होटल ,खाद्य पसल अनुगमनका क्रममा भेटिएका खाद्य अनुज्ञा पत्र नलिइ संचालन गरेका खाद्य उद्योगहरुलाई तत्काल अनुज्ञा पत्र लिन निर्देशन दिइएको बताए ।

बुधबार १५ वटा खाद्य व्यवसाय (किराना,होटल र उद्योग) अनुगमन गरिएको छ । भने नमुना संकलन समेत गरिएको छ । ‘खाद्य ऐन २०२३ को दफा ४ (ख) तथा खाद्य नियमावली २०२७ को नियम २३ को उपनियम ३,४ र ५ बमोजिम खाद्य अनुज्ञा पत्र लिएर मात्र उद्योग सञ्चालन गर्न निर्देशन दिइएको अर्यालले बताए ।