FLASH NEWS
  • Loading...

कोरोना कहर : सातामा विश्वभर ३६ लाखमा देखियो संक्रमण, १० हजार बढीको मृत्यु

  • पुनहिल डट कम
  • १ साल अघि
  • ९१ पटक पढिएको
कोरोना कहर : सातामा विश्वभर ३६ लाखमा देखियो संक्रमण, १० हजार बढीको मृत्यु

एजेन्सी । नेपालमा कोरोना संक्रमण लगभग नियन्त्रण भएका बेला छिमेकी देश चीनसहित  जापान, अमेरिका जस्ता विश्वका विकसित देशमा यसको संक्रमण बढेको छ । पछिल्लो एक सातामा संसारभर ३६ लाख कोरोना संक्रमण थपिएको बताइएको छ ।

साता भित्रै १० हजार व्यक्तिले कोरोनाकै कारण ज्यान गुमाएको उल्लेख छ ।

पछिल्लो समय कोरोना संक्रमणले तिब्रता लिएको देशहरुमा जापान, अमेरिका, अर्जेन्टिना, ब्राजिल तथा जर्मन, दक्षिण कोरिया लगायतका देशहरु मुख्यरुपमा देखिएका छन् । यसबाहेक चीनमा पनि संक्रमणले तिब्रता पाएको बताइएको छ । यद्धपी त्यहाँबाट एकिन तथ्यांक आउन सकेको छैन् ।

कहाँ कति संक्रमण ?
पछिल्लो सात दिन विश्वभर ३६ लाख ३२ हजार १०९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो एक सातामा जापानमा मात्रै १० लाख ५५ हजार ५७८ जनामा संक्रमण भेटिएको छ ।

दक्षिण कोरियामा ४ लाख ६० हजार ७६६ जना, फ्रान्समा ३ लाख ८४ हजार १८४ जनामा, ब्राजिलमा २ लाख ८४ हजार २०० जना, अमेरिकामा २ लाख ७२ हजार ७५ जना, जर्मनीमा २ लाख २३ हजार२२७ जना, हंङकङमा १ लाख ८ हजार ५७७ जना र ताइवानमा १ लाख ७ हजार ३८१ जनामा संक्रमण पाइएको छ ।

७ दिनमा १० हजारको मृत्यु !
जापानमा कोरोना संक्रमणबाट पछिल्लो ७ दिनमा १ हजार ६७० जनाको मृत्यु भएको छ । अमेरिकामा पनि १ हजार ६०७ जना ज्यान गएको छ । दक्षिण कोरियामा ३३५ जना, फ्रान्समा ७४७, ब्राजिलमा ९७३ जना, जर्मनीमा ८६८ जना, हंङकङमा २२६ जना, ताइवानमा २०३ जना र इटालीमा ३९७ जनाको मृत्यु भएको बताइएको छ ।

विज्ञहरुले यही अवस्था रहेमा र थप सतर्कता अपनाउन नसके सन् २०२३ मा कोरोनाको अर्को विस्फोट हुन् सक्ने चेतावनी दिएका छन् ।