FLASH NEWS
  • Loading...

अनलाइनमा गणित सिकाउने निःशुल्क ५ साइन्टिफिक क्याल्कुलेटर

  • पुनहिल डट कम
  • १ साल अघि
  • १०३ पटक पढिएको
अनलाइनमा गणित सिकाउने निःशुल्क ५ साइन्टिफिक क्याल्कुलेटर

णित सम्बन्धी समस्या हल गर्न हामी क्याल्कुलेटर प्रयाेग गर्छाैं । बजारमा विभिन्न प्रकारका क्याल्कुलेटर उपलब्ध छन् । इन्टरनेटकाे सहज उपलब्धताका कारण अहिले अनलाइन क्याल्कुलेटरहरु पनि प्रशस्तै फेला पार्न सकिन्छ ।

त्यसाे त अहिले माेबाइल, ल्यापटपजस्ता ग्याजेटमा क्याल्कुलेटर बिल्ट-इन (built-in) रूपमै उपलब्ध हुने गर्छन् । तर त्यस्ता क्याल्कुलेटरहरुमा सीमित मात्र फिचर हुने गर्छन् । आधारभूत वा परम्परागत क्याल्कुलेटरहरूबाट गणितका  जटिल हिसाबहरु गर्न अलि सम्भव छैन ।

यसका लागि हामी साइन्टिफिक क्याल्कुलेटर (Scientific Calculator) प्रयाेग गर्छाैं । माेबाइल फाेन तथा ल्यापटपकाे प्रयाेग बढ्दै गइरहेकाले आज हामी तपाईंलाई अनलाइनमा उपलब्ध उत्कृष्ट पाँच साइन्टिफिक क्याल्कुलेटरबारे बताउँदै छाैं ।

१. जियाे जेब्रा (GeoGebra)

यस क्याल्कुलेटरमा गणितका कम्प्युटेसन (computations), ट्रिगाेनाेमेट्रिक (trigonometric), स्टाटिस्टिकल (statistical), एक्स्पाेनेन्सियल (exponential), लोगारिदम (logarithms) जस्ता कार्य गर्न सकिन्छ ।

याे क्याल्कुलेटरमा इन्पुटका लागि अङ्क (123 keyboard),  अक्षर (ABC keyboard) र फङ्सन (f(x) keyboard) गरी  तीन प्रकारका किबाेर्ड उपलब्ध छन् । त्यस्तै यसमा गणित सम्बन्धी विभिन्न स्राेतहरु पनि उपलब्ध छन्, जहाँबाट गणित सिक्न पनि सकिन्छ । यस क्याल्कुलेटरकाे एन्ड्राेइड र आईओएस एप पनि रहेकाे छ ।

२. डेसमोस (Desmos)

गणितकाे जटिल प्रकारका हिसाब गर्नका लागि याे पनि उत्कृष्ट क्यालकुलेटर हाे । याे क्याल्कुलेटरकाे किबाेर्डमा गणितका साधारण अपरेसन देखि ट्रिगाेनाेमेट्री, एक्पाेनेन्ट्स (exponents) आदिका लागि भाग छुट्टाइएकाे छ । याे क्याल्कुलेटरकाे क्वार्टी किबाेर्ड (qwerty Keyboard)मा विभिन्न चिह्न र पाई क्यारेक्टरहरु छन् ।

त्यस्तै ट्रिगाेनाेमेट्रिक र स्टाटिस्टिकलका लागि भने फङ्सन किबाेर्ड (function key) प्रयाेग गर्नु पर्छ । यसमा हिसाब मात्र नभएर गणित पनि सिक्न सकिन्छ । त्यस्तै गणितका विभिन्न समस्याकाे समाधानकाे अभ्यास पनि गर्न सकिन्छ । साइन्टिफिक क्यालकुलेटर बाहेक यसमा ग्राफिङ (graphing), मेट्रिक्स (matrix) क्यालकुलेटर आदि पनि उपलब्ध छन् ।

३. म्याथवे (Mathway)

यस क्याल्कुलेटरमा साधारण गणित, प्रि-एल्जेब्रा (pre-algebra), लाइनर एल्जेब्रा (linear algebra), क्याल्कुलस (calculus), फाइनाइट म्याथ (finite math) आदि फिचर छन्, जहाँबाट हामी गणितका समस्या समाधान गर्न सक्छाैं ।

याे क्याल्कुलेटरकाे अर्काे राम्राे पक्ष भनेकाे यसमा गणितकाे कुनै पनि समस्याकाे फाेटाे खिचेर अपलाेड गर्दा समाधान दिने गर्छ । त्यस्तै यसमा ‘भाेइस कमाण्ड’ (voice command)बाट पनि गणितका प्रश्नहरु टाइप गर्न सकिन्छ ।

४. क्याल्कुलेटर डट नेट (Calculator.net)

याे वेबसाइट धेरै प्रकारका क्याल्कुलेटरहरुकाे संग्रह हाे । यसमा फाइनान्सियल (Financial), फिटनेस एन्ड हेल्थ (Fitness & Health), म्याथ (Math) र अदर (other) शीर्षकमा विभिन्न प्रकारका क्याल्कुलेटर रहेका छन् ।

हामीले प्रयाेग गर्ने भाैतिक क्याल्कुलेटरकाे जस्तै लेआउट भएकाे याे वेबसाइट साधारण देखिन्छ । तर यसबाट हामीले धेरै कुराहरु गर्न सकिन्छ ।  यसबाट हामीले गणितका फ्र्याक्सन (fraction), रेसियाे (ratio), र्‍यान्डम नम्बर जेनेरेटर आदि जस्ता कामहरु गर्न सक्छाैं ।

त्यस्तै यसकाे ‘फिटनेस एन्ड हेल्थ’मा बाट बीएमआई (body mass index), क्लाेरिन (calorie), बीएमआर (Basal Metabolic Rate), बडी फ्याट क्यालकुलेटर आदि गर्न सकिन्छ । साथै ‘फाइनान्स’ बाट रेन्ट, रिटायरमेन्ट (retirement), इन्कम ट्याक्स (income tax), लाेन (loan)  क्यालकुलेटर आदि प्रयाेग गर्न सक्छाैं ।

५. सिब्लाेल्याब (Symbolab)

याे अनलाइन क्यालकुलेटर शिक्षक र विद्यार्थी दुवैका लागि उपयाेगी हुन सक्छ । यसबाट गणितका समीकरण र समाधान दुवै खाेज्‍न सकिन्छ । विद्यालय तहका विद्यार्थीलाई हिसाब समाधान बाहेक गणित सिक्नमा पनि याे काममा आउन सक्छ । किन कि यसमा अल्जेब्रा, ट्रिगाेनाेमेट्रिक र क्याल्कुलसका हिसाबहरु एकपछि अर्काे गर्दै समाधान गरिएकाे छ ।

यसमा गणित बाहेक फिजिक्स, केमेस्ट्री, कुकिङ, फिटनेस जस्ता अन्य क्यालकुलेटर पनि छन् । त्यस्तै यसबाट गणितकाे अभ्यास र नाेट पनि टिप्न सकिन्छ ।