FLASH NEWS
  • Loading...

मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

  • पुनहिल डट कम
  • १ साल अघि
  • ६४ पटक पढिएको
मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

क्रोएसियाले कतारमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरेको छ ।

शनिबार राति भएको खेलमा मोरक्कोलाई २-१ गोल अन्तरले हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो ।

मोरक्कोले भने कतार विश्वकपमा चौंथो स्थान हासिल गरेको छ । रोमान्चक खेलमा क्रोएसियालाई जित दिलाउन जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक एक गोल गरे ।

मोरक्कोका अच्राफ दारीले एक गोल फर्काए । खेलको सातौं मिनेटमा इभान पेरिसिचको पासमा जोस्कोले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको नवौं मिनेटमा दारीले गोल गर्दै मोरक्कोलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ४२ औं मिनेटमा सोरिसिचले लिभाजाको पासमा गोल गर्दै क्रोएसियालाई २-१ को जित दिलाए ।

सेमिफाइनलमा पराजित भएपछि क्रोएसिया र मोरक्कोबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा भएको हो ।

सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३-० ले हराएको थियो । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएको थियो ।

कतार विश्वकपको उपाधिका लागि भने फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आइतबार हुनेछ ।