FLASH NEWS
  • Loading...

लिटल गार्डेनले मनायो १९ औं बार्षिकोत्सव

  • पुनहिल डट कम
  • १ साल अघि
  • २४२ पटक पढिएको
लिटल गार्डेनले मनायो १९ औं बार्षिकोत्सव

सदरमुकाम बेनीमा रहेको निजी क्षेक्रबाट संञ्चालित लिटल गार्डेन एकेडेमीले शुत्रवार आफ्नौं १९ औं बार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ ।
बेनीको गणेश टोल स्थित विद्यालय प्राङ्गणमा आयोजित बार्षिकोत्सव समारोहको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापाले एक समारोह विच पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरे ।


कार्यक्रममा प्याब्सन म्याग्दीका अध्यक्ष हिरा पुन, अभिभावक संघ, शिक्षक अभिभावक संघ तथा अन्य विशिष्ट अधिकारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा विद्यालयका पिन्सीपल दिपक सुवेदी विद्यालयको प्रतिवेदन पेश गरे । कार्यक्रममा विद्यार्थीहरुले मन्तब्य मार्फत र कलाकारले गीत तथा नृत्य मार्फत स्वागत गरे । त्यस्तै कार्यक्रममा विद्यालयका संस्थापक वालकृष्ण सुवेदीले विद्यालयले भोग्नु परेको उतार चढावको चर्चा गर्दै जिल्लाको शैक्षिक क्षेत्रमा गुणस्तर कायम राख्न सक्षम रहेको दावी गरे ।
बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न विद्यार्थी तथा अभिभावकहरुका छुट्टाछुट्टै खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्किृत गरियो ।