FLASH NEWS
  • Loading...

न्यू वेष्टपोईन्टले मनायो ३० औं वार्षिकोत्सव

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८८ पटक पढिएको
न्यू वेष्टपोईन्टले मनायो ३० औं वार्षिकोत्सव

सदरमुकाम बेनीमा निजी क्षेत्रबाट संञ्चालित न्यू वेष्टपोईन्ट आवसिय माध्यामिक विद्यालयले शुक्रवार आफ्नौं ३० औं बार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ ।
बेनी विरौटा स्थित विद्यालय प्राङ्गणमा आयोजित बार्षिकोत्सव समारोहको बेनी नगरपालिका प्रमुख सुरत केसीले एक कार्यक्रम विच उद्घाटन गरे । कार्यक्रममा शिक्षा विकास तथा समन्वय अधिकारी समेत अभिभावक संघ, शिक्षक अभिभावक संघ तथा अन्य विशिष्ट अधिकारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य डिवि दहालले विद्यालयको प्रतिवेदन पेश गरे । कार्यक्रममा सहभागी अतिथी, अभिभावक तथा विद्यार्थीलाई शिल्पिका जिसी, दीक्षित घर्ती, रेणु विश्वकर्माले मन्तब्य मार्फत र कलाकारले गीत तथा नृत्य मार्फत स्वागत गरे ।

बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न विद्यार्थी तथा अभिभावकहरुका छुट्टाछुट्टै खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्किृत गरियो ।