FLASH NEWS
  • Loading...

लगानी प्रोजेक्ट बनाउँनुस म लगानी भित्राउँछुु- चन्द्र ढकाल

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११५ पटक पढिएको
लगानी प्रोजेक्ट बनाउँनुस म लगानी भित्राउँछुु- चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महाँसघका उपाध्यक्ष चन्द्र ढकालले जिल्लाका बेनी नगरपालिका समेत स्थानिय तहले लगानी मैत्री वातावरणा बनाउने र म्याग्दी उद्योग वाणिज्य संघमा अावद्ध ब्यवसायीले जलश्राेत र पर्यटन समेतका क्षेत्रमा लगानी याेग्य प्राेजेक्ट तयार पारे राष्ट्रिय लगानी जिल्लामा ल्याउने बताएका छन ।

‘म्याग्दीमा निजी क्षेत्रको लगानी रहेको मध्य कालीगण्डकी जलविधुत आयोजनाको पिपिए हुन लागेको छ । छिट्टै आयोजना निर्माण सुरु हुँदैछ’ म्याग्दी उद्योग वाणिज्य संघको २९ औं साधारण सभा उद्घाटन गर्न शनिवार बेनी आएका  महाँसघका उपाध्यक्ष ढकालले भने, ‘म्याग्दीका ब्यवसायीले पर्यटन समेत कुनै क्षेत्रमा लगानीको प्रोजेक्ट बनाउँछ भने म लगानी भित्राउन र साझेदार बन्न तयार छु ।’

त्यसैविच अन्नपूर्ण गाउँपालिकामा बग्ने कालीगण्डकी नदीमा एक सय ५० मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविधुत आयोजना बन्ने पक्का भएको छ ।

सरकारले हालै निजी लगानीमा निर्माण हुने १ हजार ५ सय मेगावाट विधुत उत्पादन गर्ने आयोजनाहरुको विधुत खरिद सम्झौता (पिपिए) गर्ने निर्णय गरेसँगै म्याग्दीको मध्य कालीगण्डकी जलविधुत आयोजना पनि पिपिए लिष्टमा समावेश भएको आयोजनाका अध्यक्ष समेत रहेका महाँघका उपाध्यक्ष ढकालले बताए ।

त्यसैगरी म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष वेलबहादुर कटुवालकाे अध्यक्षतामा शनिवार बेनीकाे जिल्ला समन्वय समितिकाे सभाहलमा  सम्पन्न २९ अाैं साधारणा सभाले महासचिव अमृत बानियाँ, काेषाध्यक्ष सुवर्ण रिजालले प्रस्तुत गरेकाे ०७८/७९ काे अायब्ययसिहतकाे अार्थिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएकाे छ ।