FLASH NEWS
  • Loading...

शारदा मावि छिस्वाङले उचाल्याे जेसिज कपको उपाधी

  • पुनहिल डट कम
  • १ साल अघि
  • १३२ पटक पढिएको
शारदा मावि छिस्वाङले उचाल्याे जेसिज कपको उपाधी

बेनीमा शनिबार सम्पन्न भएको २० औं अन्तर मावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको उपाधी मंगला गाउँपालिका ५ स्थित शारदा मावि छिस्बाङले उचालेको छ ।

बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा शारदा माविले बेनीको प्रकाश माविलाई १ विरुद्ध २ गोल गर्दै े शारदा माविले जेसिज कप फुटबल प्रतियोगिताको २० औं संस्करणको उपाधी आफ्नो हातमा पार्न सफल भएको बन्याे। खेल समाप्त हुनु ५ मिनेट अघि शारदाका निर्मल राेकाले निर्णायक गाेल गरेका थिए ।

 

प्रतियाेगिता हेर्न पुगेका फुटवलका भविष्यवाणी गर्ने पण्डितहरूलाइ स्तब्ध बनाउँदै शारदा माविले दाेस्राे प्रयासमै जेसिज कप प्रतियाेगिताकाे विगतका श्रृंखला ब्रेकगरी पहिलाे पटक सदरमुकाम बाहिरकाे विद्यालयले कप उचाल्न सफल रहेकाे हाे ।

विजेता र उपविजेतालाई नगद,प्रमाणपत्र र ट्रफि वितरण गरिएको छ । प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार दुईसय २२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद ३२ हजार दुईसय २२ पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा १८ विद्यालय सहभागि भएका थिए ।

 

प्रतियाेगितामा शारदा माविका सिमन सिउथानी उत्कृष्ट खेलाडी, साेही टीमका देवेन्द्र पुर्जा उत्कृष्ट गाेलरक्षक बने । प्रकाश माविका सन्देश तामाङ उत्कृष्ट स्टाइकर र प्रकाश माविकै रिजन पुन सर्वाधिक गाेलकर्ता बने ।