FLASH NEWS
  • Loading...

जेसिज कप फुटवल ः प्रकाश मावि र शारदा मावि फाईनल भिड्ने

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२९ पटक पढिएको
जेसिज कप फुटवल ः प्रकाश मावि र शारदा मावि फाईनल भिड्ने

सदरमुकाम बेनीमा जारी २० औं अन्तर माध्यामिक विद्यालय स्तरिय जेसिज कप फुटवल प्रतियोगिताको फाईनलमा प्रकाश मावि र शारदा मावि भिड्ने भएका छन ।
बेनी स्थित ५ औं पटक जेसिज कप उचालेको प्रकाश माविलाई जेसिज कप प्रतियोगितामा दोस्रो सहभागिता जनाएको मंगला गाउँपालिका, ६ अर्मन छिस्वाङ स्थित शारदा माविले फाईनल भिड्न लागेको हो ।
बेनी सामुदायकी माविलाई पराजित गरी प्रकाश मावि र धवलागिरी गाउँपालिका, ७ धारापानी स्थित चन्द्रकुन्ता माविलाई पराजित गरी शारदा मावि फाईनल पुगेका हुन ।
प्रतियोगिताका खेल संयोजक दिनेश बानियाँका अनुसार फाईनल शनिवार दिउँसो १० बजेपछि बेनीको खुल्ला मञ्च स्थित खेल मैदान मै संञ्चालन हुने छ ।

२० औँ संस्करणको जेसज कप फुटबल प्रतियोगिताका विजेता विद्यालयलाई जेसिजकप रनिङ, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २५२ र उपविजेता विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ३२ हजार २३२ पुरस्कारको व्यवस्था गरिएको शाखा अध्यक्ष सन्दिप खत्रीले बताए ।

सन २००१ बाट सुरु गरिएको अन्तर मावि जेसिजकप फुटवल प्रतियोगितामा हाल सम्म प्रकाश माविले ५ पटक, बेनी बोर्डिङले ५ पटक, माउण्ट एभरेष्ट आवासीय माविले ४ पटक र न्यू वेष्ट प्वाईन्ट आवासीय माविले ५ पटक जित हासिल गरेका छन । जेसिजकप फुटबलले जिल्लामा फुटबल खेलाडी तथा रेफ्रि उत्पादनमा महत्वपूर्ण टेवा पु¥याउदै आएको म्याग्दी जेसिजले जनाएको छ ।