FLASH NEWS
  • Loading...

पुरुषका लागि फेसन टिप्स

  • पुनहिल डट कम
  • १ साल अघि
  • ८७ पटक पढिएको
पुरुषका लागि फेसन टिप्स

महिलाको जस्तै पुरुष पनि फेसनेबल बनेर हिँड्न रुचाउँछन् । प्रायःजसो पुरुष सामान्य प्यान्ट–सर्ट मात्र लगाएर बाहिर निस्कन्छन् तर सानातिना कुराहरूलाई ध्यानमा राखेमा तपाईं पनि पहिलेभन्दा बढी आकर्षक देखिन सक्नुहुन्छ । कसरी जान्नुहोस् ।

– सर्ट जहिले पनि फिटिङ लगाउनुपर्छ तर यसलाई किन्नुभन्दा अगाडि एकचोटि ट्राई गर्नुहोस् ।
– यदि, तपाईं सर्टको आस्टिन फोल्ड गर्नुहुन्छ भने यसलाई फोल्ड गर्ने सही तरिका थाहा हुनुपर्छ । सर्ट कफ आकारमा जोडिएको हुनुपर्छ ।
– सुटमा पनि रेडिमेटभन्दा सिलाउनु राम्रो हुन्छ । यसले फिटिङलाई अझ राम्रो बनाउँछ ।
– जुत्ता सधैँ राम्रो गुणस्तर र सही आकारमा किन्नुहोस् ।
– टाई सानो वा ठूलो हुनु हुँदैन । टाई सधैँ बेल्ट छोएर बाँध्नुहोस् ।
– यदि, सुट लगाएको हुनुहुन्छ भने बस्दा कोटका सबै बटनहरू खोलेर बस्नुहोस् ।