FLASH NEWS
  • Loading...

अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको उद्घाटन

  • पुनहिल डट कम
  • १ साल अघि
  • १९७ पटक पढिएको
अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको उद्घाटन

म्याग्दी सदरमुकाम बेनीमा २० औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता सुरु भएको छ ।

मंसीर २५ गतेसम्म बेनीको खुला मञ्चमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका विभिन्न १८ विद्यालयले सहभागीता जनाएका छन् । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस बर्ष गौमती खत्री विकास कोषले मुख्य प्रायोजकको रुपमा आर्थिक सहयोग गरेको छ ।

‘‘जेसीजकप फुटबल म्याग्दीको शान–प्रतिभाको पहिचान र क्षमता प्रस्फुटन’’भन्ने मुल नाराका साथ सुरु भएको प्रतियोगिताका बेनी नगरपालिकाका मेयर सुरत केसीले मंगलवार उद्घाटन गरे।