FLASH NEWS
  • Loading...

२० औँ जेसिज कपको तयारी पुरा

  • पुनहिल डट कम
  • १ साल अघि
  • १०९ पटक पढिएको
२० औँ जेसिज कपको तयारी पुरा

यहि मंसिर २१ गते (बुधवार) देखि सुरु हुने २० औँ सस्करणको जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको अायाेजक म्याग्दी जेसिजले जनाएकाे छ ।

आईतवार जेसिज सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरि म्याग्दी जेसिजले प्रत्येक बर्ष आयोजना गर्ने अन्तरमावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको सवै तयारी पुरा भएको जानकारी गराईएको हो ।

‘जेसिज कप फुटवल म्याग्दीको सान–नव प्रतिभा पहिचान र क्षमता प्रष्फुटन’ भन्ने नारा सहित मंसिर २१ देखि २४ गते सम्म संचालन हुने प्रतियोगिताका लागि मैदान व्यवस्थापन, आर्थिक संकलन, छपाई, पत्राचार, अफिसियल चयन, लगायत प्रतियोगिता सम्बन्धी जानकारी संयोजक दिनेश बानियाँले बताए।

२० औँ संस्करणको जेसज कप फुटबल प्रतियोगिताका विजेता विद्यालयलाई जेसिजकप रनिङ, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २५२ र उपविजेता विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ३२ हजार २३२ पुरस्कारको व्यवस्था गरिएको शाखा अध्यक्ष सन्दिप खत्रीले बताए ।

त्यस्तै सेमि फाइनलमा पुग्ने दुई टीमलाई नगद रु पाँच÷पाँच हजार पुरस्कार दिने निर्णय गरिएको छ । यो व्यवस्था भने पहिलो पटक गरिएको हाे ।

सन २००१ बाट सुरु गरिएको अन्तर मावि जेसिजकप फुटवल प्रतियोगितामा हाल सम्म प्रकाश माविले ५ पटक, बेनी बोर्डिङले ५ पटक, माउण्ट एभरेष्ट आवासीय माविले ४ पटक र न्यू वेष्ट प्वाईन्ट आवासीय माविले ५ पटक जित हासिल गरेका छन । जेसिजकप फुटबलले जिल्लामा फुटबल खेलाडी तथा रेफ्रि उत्पादनमा महत्वपूर्ण टेवा पु¥याउदै आएको म्याग्दी जेसिजले जनाएको छ ।