FLASH NEWS
  • Loading...

गुप्तचर चराे (भिडियाे सहित)

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५१ पटक पढिएको
गुप्तचर चराे (भिडियाे सहित)

अहिले भारतको उत्तराखण्डमा भारतीय र अमेरिकी सैनिकहरूको संयुक्त अभ्यास चलिरहेको छ ।

त्यसक्रममा चिनियाँ क्यामरा सहित अर्जुन नामक बाजले आकाशमा उडिरहेको एक ड्रोनलाई खसाएको छ । पाकिस्तान र चीनमाथि निगरानी गर्नका लागि भारतले यो बाज तैनाथ गर्न खोजेको हो ।
बाजको टाउकोमा क्यामरा र शरीरमा जीपीएस लगाइएको छ । चीन सीमाको निगरानी गर्नका लागि चिनियाँ क्यमरा लगाइनु आश्चर्यजनक छ ।

भारतीय सैन्य अधिकारीहरूका अनुसार, मेरठको रिमाउन्ट भेटरनेरी कोर्प्सले बाजलाई प्रशिक्षण दिएका हुन् । यसले ड्रोन खसाउने मात्र नभई आकाश र जमीनमा दुश्मनले गर्ने हरेक गतिविधिमाथि नजर राख्छ ।

भारत मात्र नभई अमेरिका पनि आफ्ना हतियारमा चिनियाँ सामान उपयोग गरिरहेको छ ।