FLASH NEWS
  • Loading...

क्यान म्याग्दीको अध्यक्षमा लालबहादुर कार्की निर्वाचित

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८८ पटक पढिएको
क्यान म्याग्दीको अध्यक्षमा लालबहादुर कार्की निर्वाचित

कम्प्पुटर एसोशियसन अफ नेपाल ं(क्यान) म्याग्दीको आइतवार सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनबाट लालबहादुर कार्की अध्यक्ष सर्वसम्मत चयन भएका छन ।
क्यान म्याग्दीको उपाध्यक्षमा युवराज आचार्य, सचिव वासुदेव घिमिरे, कोषाध्यक्ष ज्ञानबहादुर श्रीष चयन भएका छन । त्यस्तै सदस्यमा संगिता हमाल मल्च निर्वाचित भएकी छिन । दुई सदस्य पछि थप्ने निर्णय भएको निवर्तमान अध्यक्ष बामदेव गौतमले बताए ।
अधिवक्ता ठहरबहादुर भण्डारी संयोजक, राजेश शाक्य र दीपक पौडेल सदस्य रहेको निर्वाचन समितिले क्यान म्याग्दीको जिल्ला समिति सर्वसम्मत चयन गरी जिम्मेवारी हस्तान्त्रण गरेको हो ।