FLASH NEWS
  • Loading...

दरवाङमा अाँखा शिविर, ७६ जनाको मोतिया विन्दु शल्यक्रिया

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११४ पटक पढिएको
दरवाङमा अाँखा शिविर, ७६ जनाको मोतिया विन्दु शल्यक्रिया

मालिका गाउँपालिका केन्द्र रहेको दरवाङ बजारमा आयोजित नि:शुल्क आँखा उपचार शिविरमा ७६ जनाको मोतियाविन्दु शल्यक्रिया गरिएको छ ।
शिविरमा मोतिया विन्दुको शल्यक्रिया बाहेक ६ सय ८६ जना आँखाका विरामीको आँखा परिक्षण गर्नुकासाथै २ सय जना आँखाका विरामीलाई नि:शुल्क चश्मा वितरण गरिएको मालिका गाउँपालिका श्वास्थ्य शाखा प्रमुख सन्तु कार्कीले बताईन ।

मालिका गाउँ पालिका दर्बाङ्ग म्याग्दी ,रोटरी क्लब अफ पोखरा फिस्तेल , innovative communitiesOrg.(ICO) foundation Canda द्वारा आयोजित ,हिमालयन अँखा अस्पताल पोखरा को प्राबिधिक सहयोग, र नेपाल रेडक्रस सोसाइटी दर्बाङ्ग उपशाखा म्याग्दी ,रोटरी क्लब अफ म्याग्दी ,दरबाङ्ग बजार स्थित सम्पुर्ण टोल बिकास समितिकाे सहयाेगमा शिविर आयोजना भएको हो ।


शिविरबाट धवलागिरी, मालिका र मंगला गाउँपालिकाका आँखाका विरामीले लाभ लिएका थिए । केही विरामी बेनी र अन्नपुर्ण गाउँपालिकाका समेत उपचार गर्न शिविर पुगेका थिए ।

तस्वीर ः सन्तु कार्की, मालिका गापा, स्वास्थ्य शाखा प्रमुख ।