FLASH NEWS
  • Loading...

अपाङ्गता भएका ब्यक्तिहरूकाे ३१ अाैं अन्तराष्ट्रिय दिवसकाे उपलक्ष्यमा बेनीमा दीप प्रज्वलन

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५९ पटक पढिएको
अपाङ्गता भएका ब्यक्तिहरूकाे ३१ अाैं अन्तराष्ट्रिय दिवसकाे उपलक्ष्यमा बेनीमा दीप प्रज्वलन

समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू र पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन भन्ने नारासहित शनिवार अपाङ्गता भएका ब्यक्तिहरूकाे ३१ अाैं अन्तराष्ट्रिय दिवस म्याग्दीमा पनि मनाइएकाे छ ।

सामाजिक विकास कार्यालय म्याग्दी र अपाङ्ग सघसमेतकाे संस्थाहरूकाे सहकार्यमा शनिवार बेनीकाे विरेन्द्रचाेकमा दीप प्रज्वलन समेत गरिएकाे छ ।

यस पटकको विश्व अपाङ्गता दिवसमा अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गतासम्बन्धी मुद्दाहरूको बुझाइलाई प्रवर्द्धन गर्ने र समर्थन जुटाउने लक्ष्य राखिएको छ।

अपाङ्गतालाई समान अवसरले सकारात्मक वातावरणका बिचमा राख्न सके सपाङ्ग झैँ अथवा त्यो भन्दा धेरै व्यवस्थित ढङ्गले कुनै पनि चुनौतीको सामना गर्न सक्दछन् । चाहे ती साहित्यकार झमक कुमारी जस्ता पात्र हुन् या हेलेन केलर या स्टेफेन हक्वीनस् नै किन नहुन ।
सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइन्छ । आज सामाजिक विकास कार्यालय म्याग्दी र अपाङ्ग सघसमेतकाे संस्थाहरूकाे सहकार्यमा म्याग्दीमा पनि विभिन्न कार्यक्रम तथा गोष्ठी, र्‍यालीहरू आयोजना गरिन्छ, समानता र हौसलाको नारा सहित दिवस मनाइएकाे छ ।
समावेशी र समान समाजको परिकल्पना नै आजको टड्कारो आवश्यकता हो । विभिन्न सरकारी र गैर सरकारी संस्थाहरूले अपाङ्गता कालागि धेरै परियोजना कानुनतः पैरवीहरू गरिरहेका छन् ।