FLASH NEWS
  • Loading...

स्वास्थ्य इकाई स्थापनार्थ पूर्णगाउँमा महायज्ञ सुरु

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७० पटक पढिएको
स्वास्थ्य इकाई स्थापनार्थ पूर्णगाउँमा महायज्ञ सुरु

गाउँमै स्वास्थ्य इकाइ स्थापना गर्न म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा विहिवार देखि महायज्ञ सुरु गरिएको छ । महायज्ञको नवनिर्वाचित गण्डकी प्रदेश सदस्य रेशम जुग्जालीले उद्घाटन गरे ।

महायज्ञ सुरु हुनुभन्दा अगाडि बाजागाजा,भजनकृतन सहित गलस यात्रा गरिएको थियो । प्राथमिक स्वास्थ्य सेवा लिन समेत घण्टौ पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको र सरकारी तवरबाट कुनै पहल नभएपछि समुदाय अग्रसर भएर लगानी जुटाउन महायज्ञ आयोजना गरेका हुन् । स्वास्थ्य इकाइ बनाउने जग्गा व्यवस्थापन र भवन निर्माण गर्न अार्थिक श्राेत जुटाउन  श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञको ध्यक्ष दुर्गादत्त आचार्यले बताए ।

करिब २३० घरधुरीको बसोबास रहेको पूर्णगाउँका स्थानीयबासीले अहिले प्राथमिक स्वास्थ्य सेवा लिनलाई सवा एक घण्टाको पैदल यात्रा गरि कुहुँ स्वास्थ्य चौकी र बेनी नगरपालिका–५ डडुवाको सामुदायिक स्वास्थ्य इकाईमा पुग्नुपर्ने बाध्यता रहेको छ ।