FLASH NEWS
  • Loading...

काफलडाँडामा पुन समुदायको ‘कर्पाकेली’ पुजा सुरु

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३६४ पटक पढिएको
काफलडाँडामा पुन समुदायको ‘कर्पाकेली’ पुजा सुरु

अन्नपूर्ण गाउँपालिका, ८ काफलडाँडा स्थित कर्पाकेली थानमा पुन समुदायको कुल पुजा सुरु भएको छ । सोही अवसरमा काफलडाँडामा निर्मित पुन  संग्रहालयको पुन समुदायकी प्रथम नायिका तथा सगरमाथा आरोही दिया पुनले एक समारोह विच उद्घाटन गर्ने कार्यक्रम छ ।
म्याग्दीको उत्तरी भेगका पुन समुदाय (गर्वुजा, पाईजा, तिलिजा, पुन, फगामी आदी)ले पछिल्लो केही वर्षदेखी काफलडाँडामा रहेको कर्पाकेली थानमा सामुहीक कुल पुजा गर्दै आएका छन ।
साविकको राम्चे गाविस–७ काफलडाँडाको भीरमा फेला परेको ‘पुन लिपी’को आधार र स्थानीय धामीझाँक्रीहरुको ओखनाको आधारमा पुनहरुले काफलडाँडामा कुलायन थान स्थापना गरेका हुन ।
करवाकेहीको थान भित्र केरबाकेली, श्रीमतिहरु विमला(हिमला), फिमला र छोराहरु रामचन र कुलचनका गरी पाँच वटा मूर्ति राखिएका छन । करबाकेली थानमा पाँच मध्य जेठा रामचन र कान्छा कुलचनको मात्र मूर्ति राखिएको छ । रामचनलाई नौ सिङ्गे (कुखुराको भाले) र कान्छा कुलचनलाई दुई सिङ्गे (हाँसेगोरे/सेतो)भेडाको वली दिई पुज्ने गरिन्छ ।


पुन छुट्टै जाति कि पुन मगर जाति ? भन्ने विवाद भैरहेको बेला काफलडाँडामा पुन समुदायले पुन संस्कार अनुसार कुल पुजा आयोजना गरेका हुन । पुनहरुको कुलायन देवता करवाकेली थान सँगै २२ बेड क्षमताको सामुदायीक होटल पनि नर्माण गरिएको छ । त्यसैगरी त्यस क्षेत्रका पुनहरुको बस्तीमा पाईने घर, गोठमा प्रयोगहुने घरायसी सामाग्री, पुन समुदायको भेषभुषा, संस्कार र संकृति झल्कने सामाग्री संकलन गरी ६५ लाखको लागतमा पुनसंग्राहलय पनि निर्माण भएको छ ।