FLASH NEWS
  • Loading...

मंसिर २१–२५ अन्तर मावि फुटवल हुने

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२० पटक पढिएको
मंसिर २१–२५ अन्तर मावि फुटवल हुने

म्याग्दी जेसिजको आयोजनामा मंसिर २१–२५ गतेसम्म २० औं संस्करणको सदरमुकाम बेनीमा जिल्ला स्तरिय अन्तर माध्यामिक विद्यालय स्तरिय फुटवल प्रतियोगिता हुने भएको छ ।
शहरी क्षेत्रका युवा पुस्तामा भने फुटवल क्रेज बढ्दो छ । तर जिल्ला भरीमै एउटा पनि पूर्ण साईजको फुटवल मैदान छैन । भिरालो पाखोमा अवस्थित बस्तीका साँघुरा फोट्यान बढी रहेकोले तुलनात्मक रुपमा थोरै क्षेत्रफल भएपुग्ने भलिवल, बास्केटबल र आर्चरी (धनुखेल) लोकप्रीय छन ।
बेनी नगरपालिका, ७ स्थित बेनीखुल्ला मञ्च, बेनी नपाकै रत्नेचौर, बगुवाखोला, अन्नपूर्ण गाउँपालिका, ५ चित्रे, सोही गापा ७ हिस्तान, मालिका गापाको दरवाङ्ग, र देविस्थानमा फुटवल खेल मैदान छन । तर ति पुर्ण आकारका भने हैनन । फुटवल साईज पुरा नभएकोले जिल्लाका सवै नाईन ए साईड मापदण्डका खेलमैदान हुन । जिल्लामा सवै फुटवल प्रतियोगितामा ९–९ जना खेलाडी मात्र खेल्छन ।
कालीगण्डकी र म्याग्दी नदीको संगमस्थलको बगरमा ३८/८० मिटर आकारमा त्रिकोणात्मक रुपमा अब्यवस्थित मैदानलाई विस्तार गरी ४५/९६ मिटर क्षेत्रफलको खेलमैदान बनाउन काम सुरु भएको थियो । फुटवलमा ४५/९० मिटर चौडाई/लम्बाई न्यूनतम र अधिकतम ६०/१२० मिटर चौडाई/लम्बाई भएमात्र फुटवलको अफिसिय खेल मैदान मानिन्छ ।
गण्डकी प्रदेस सरकारले चार बर्ष अघि सुरु गरेको सदरमुकाम बेनी स्थित खुल्लामञ्चको क्षेत्रफल विस्तारगरी मिनी रङ्गशाला बनाउने योजना सरकार फेरिएसँगै बजेट अभावमा अलपत्र छ । त्यसैगरी बेनी नगरपालिका, १ रत्नेचौर, बेनी नपा, ५ बगुवाखोला र मालिका गाउँपालिका, ६ छ्यारछ्यारेमा सुरु गरेका फुलवल मैदान निर्माण गर्न ५०–५० लाख रुपैयाँ खर्च भएपनि बजेट निरन्तरता नहुँदा एक बर्षदेखी अलपत्र छन ।
सदरमुकाम बेनीको म्याग्दी र कालीगण्डकी नदी दोभानमा बन्दै गरेको ‘मिनी रंगशाला’ एक बर्षदेखी अलपत्र भएको छ । ९ करोडबढी लागत अनुमान गरिएको बेनी मिनी रंगशाला बनाउन अघिल्लाे वर्ष  संघिय सरकारबाट १ करोड, गण्डकी प्रदेश सरकारबाट ४० लाख र बेनी नगरपालिका, ७ वडा कार्यालयको ९ लाख र संघिय साँसद विकास कोषबाट ५० लाख बजेट खर्च भएको थियो ।

‘गण्डकी प्रदेश सरकारले फुटवलसहितको बहुउद्देश्यी खेलमैदान (मिनी रङ्गशाला) बनाउन विनियोजित ५० लाखबाट मैदान सम्म्याउने र भलिवल तथा बास्केटवल कोर्टसम्म बनेका छन । बाँकी काम अलपत्र छ’ मालिका गाउँपालिका, ६ दरवाङका पूर्व वडाध्यक्ष् सन्दोष सुवेदीले भने, ‘सरकार फेरियो, योजना पनि फेरी । पुराना निर्माणाधिन काम अलपत्र परेको छ ।’
परम्परागत शैली र मनोरञ्जनकालागी मात्र गरिने खेलकुद प्रतियोगिताले नै यहाँको खेल गतिविधी सिमित छ । पछिल्ला केही बर्ष देखी सदरमुकाममा फाट्टफुट्ट खेल प्रतियोगिता हुन थालेका छन ।
जिल्लाका ४५ वटै वडाका ठूलो बस्तीमा माघेसक्रान्ति, फागुपूर्णिमा, नयाँ बर्ष, जनैपूर्णिमा, तीज, दशैं, तिहार त औपचारिक चाडपर्व तथा भूमेपुजामा स्थानिय क्लवहरुले ७–१० दिनसम्म मेलाजात्रा लाग्ने गरेका छन ।
‘गाउँ–गाउँमा लाग्ने परम्परागत मेलाजात्रामा हुने खेलप्रतियोगिताले राज्यलाई प्रत्यक्ष योगदान पुर्‍याउन सक्ने खेलाडी उत्पादन नभएपनि अपडेट हुन मद्दत पुगेको छ’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले भने, ‘यस पटक महिला तर्फकाे राष्ट्रिय भलवल र तेक्वाण्डाे प्रतियाेगिता बेनीमा सफल अायाेजना गर्वकाे विषय भएपनि राज्यले विद्यालय स्तरिय राष्ट्रपति शिल्ड प्रतियोगिताबाहेक अन्य प्रतियोगिता छैन । सदरमुकामका केही स्कुल र क्लवले आयोजना गर्ने प्रतियोगितालाई नै जिल्लाको खेलगतिविधी मान्दै आएका छौं ।’