FLASH NEWS
  • Loading...

म्याग्दीमा गठबन्धनको विजय उत्सव

  • पुनहिल डट कम
  • १ साल अघि
  • १९२ पटक पढिएको
म्याग्दीमा गठबन्धनको विजय उत्सव

प्रतिनिधि सभा र प्रदेशसभाका दुवै सिट जितेपछि  गठबन्धनले विजयी उत्यासव मनाएकाे छ।

विहिवार सदरमुकाम बेनीमा अायाेजित विजय र्यालीमा विजयी उम्मेदवारसहित हजाराैं समर्थकहरू सहभागी भए ।

काँग्रेसले २३ बर्षपछि जित निकालेकाेले पनि याे जीत उस्कालागी बढी अर्थपुर्ण छ । एक मात्र निर्वाचन क्षेत्र भएको म्याग्दीमा प्रतिनिधी सभामा काँग्रेस र प्रदेश सभा क्षेत्र १ र २ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन ।
प्रतिनिधी सभा सदस्यमा काँग्रेसका खमबहादुर गर्वुजा २४ हजार २१ मतले विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरीकृष्ण श्रेष्ठले २० हजार १ सय ८९ मत पाए ।
गर्वुजा तेस्रो प्रयासमा गठवन्धनको सहयोगले प्रतिनिधी सभा सदस्य निर्वाचित भएका हुन । यस अघी ०७० सालमा एमालेका नवराज शर्मासँग र ०७४ सालमा एमालेकै भुपेन्द्रबहादुर थापासँग पराजित भएका थिए ।
०४८ र ०५१ सालमा एमालेबाट पराजित काँग्रेसलाई ०५६ सालमा स्व.नारायणसिं पुनले संसदमा पुर्‍याएका थिए । २३ बर्षपछि उनै नारायणसिंका चेला खमबहादुर गर्वुजाले तेस्रो प्रयासमा एमालेको विरासत भत्काएका हुन ।


त्यसैगरी गण्डकी प्रदेश सभा म्याग्दी निर्वाचन क्षेत्र (१)मा गठवन्धनबाट माओवादी केन्द्रका हरी भण्डारी १२ हजार ७ सय ४० मत पाएर विजयी भएका छन । भण्डारीका निकटतम प्रतिद्वन्द्वी देवेन्द्रबहादुर कटुवालले ११ हजार ७ सय ६५ मत पाए ।
म्याग्दीबाट प्रदेश क्षेत्र २ बाट माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली विजयी भएका छन । जुग्जालीले ९ हजार ४ सय ५४ मत सहित विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यामबहादुर गुर्वुजाले ९ हजार ३ सय ५३ मतले पछ्याएका थिए ।
गत स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका अध्यक्षमा पराजित जुग्जाली ०७४ सालका स्थानीय तहमा मालिका गाउँपालिका, ७ विमको वडाध्यक्ष निर्वाचित थिए ।

????????????????????????????????????