FLASH NEWS
  • Loading...

गरिमा विकास बैंक १६ औं वर्षमा प्रवेश

  • पुनहिल डट कम
  • १ साल अघि
  • ७८ पटक पढिएको
गरिमा विकास बैंक १६ औं वर्षमा प्रवेश

गरिमा विकास बैंकले १५औं वर्षमा प्रवेश गरेको  छ । उक्त अवसरमा बैंकले क्रेडिट कार्ड सेवा सुरु गरेको छ।

बैंकले लाजिम्पाट, कोहलपुर, बेनी, बुटवल, वालिङ, पोखरा, नारायणगढ, मलंगवा र चन्द्रगढीमा रहेका कार्यालहरुमा आयोजना गरेको रक्तदान कार्यक्रमहरुमा जम्मा ६१३ युनिट रगत संकलन भएको थियो ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटिएमबाट बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

यस विकास बैंकले ७२ अर्ब निक्षेप संकलन गरेको छ भने ६३ अर्ब कर्जा लगानीमा रहेको छ । यस बैंकले करिब ७ लाख ग्राहकहरुलाई सेवा पुर्याइरहेको छ ।