FLASH NEWS
  • Loading...

म्याग्दीमा गठवन्धनकाे अग्रता कायम, कडा प्रतिस्पर्धा

  • पुनहिल डट कम
  • १ साल अघि
  • ४५६ पटक पढिएको
म्याग्दीमा गठवन्धनकाे अग्रता कायम, कडा प्रतिस्पर्धा

म्याग्दीमा धवलागिरी गाउँपालिका र मालिका गाउँपालिका निस्काेट, रूम, अाेखरवाेट ( १–४वडा)सम्म गठना गर्दा गठवन्धनका उम्मेदवारले प्रतिनिधी सभा तथा प्रदेश सभामा अग्रता लिएका छन ।

प्रतिनिधी सभा तर्फ गठवन्धनका खमबहादुर गवुर्जाले ४ हजार ७ सय १८ मतसहित अगाडी छन । गर्वुजालाइ एमालेका हरीकृष्ण श्रेष्ठले ४ हजार १ सय ३२ मतले पछ्याएका छन ।

त्यसैगरी प्रदेश सभा सदस्य क्षेत्र २ तर्फ गठवन्धनका रेशम जुग्जालीले ४ हजार ५ सय ४ मतले अग्रता लिएका छन । जुग्जालीलाइ एमालेका याम गर्वुजाले ४ हजार २ सय ९२ मतले पछ्याएका छन ।

मालिका गाउँपालिकाभरीकाे मत परिणाममा गठवन्धनले लिने अग्रताकाे अनुपातका अाधारमा प्रदेश सभा सदस्य कस्ले जित्ला अनुमानकाे खेती सुरू हुन सक्छ ।