FLASH NEWS
  • Loading...

मुस्ताङका तीनै सिटमा काँग्रेस विजयी

  • पुनहिल डट कम
  • १ साल अघि
  • ५३९ पटक पढिएको
मुस्ताङका तीनै सिटमा काँग्रेस विजयी

मुस्ताङबाट काँग्रेसका युवा नेतृत्वहरु क्रमश : प्रतिनिधी सभा सदस्यमा योगेश गौचन, प्रदेश सभा सदस्य १ बाट नाम्दु गुरुङ र २ बाट विकल शेरचन विजयी भएका छन ।
प्रतिनधी सभा सदस्य विजयी गौचनले ३ हजार ९ सय ९२ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले जानकारी दिएको छ । गौचनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत पाए ।
मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् ।
उनले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मतमात्रै पाए । विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद थिए । गुरूङ नेपाली काँग्रेस मुस्ताङका सहसचिव हुन ।
त्यसैगरी मुस्ताङ प्रदेश सभा सदस्य क्षेत्र २ मा नेपाली कांग्रेसका युवा नेता विकल शेरचन विजयी भएका छन ।
शेरचनले २ हजार ७ सय २३ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी चन्द्र मेहन गैचनले २ हजार ५ सय ६५ मत पाए । शेरचन काँग्रेस मुस्ताङका सचिव र गैचन एमाले मुस्ताङका अध्यक्ष हुन ।