FLASH NEWS
  • Loading...

मल्लाज जाने जीप दुर्घटनाहुँदा १ जनाको मृत्यु, ११ जना घाईते

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४२७ पटक पढिएको
मल्लाज जाने जीप दुर्घटनाहुँदा १ जनाको मृत्यु, ११ जना घाईते

म्याग्दी सीमावर्ती पर्वतको जलजला गाउँपालिका, ३ वारीवेनीबाट माथी वडा नं २ माझफाँट जाँदै गरेको ग १ ज ५२९६ नम्बरको डबल क्याव वोलेरो जीप अाज वुधवार साँझ ५.३० बजे दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाईते गाडीधनी समेत रहेका चालक डम्बर नेपालीको उपचारकालागी अस्पताल पुर्‍याउँदा मृत्यु भएको बेनी अस्पतालले जनाएको छ ।

जीपमा सवार ११ जना यात्रु घाइते भएका छन । घाईतेको म्याग्दीको बेनी अस्पतालमा उपचारपछि चार जनाको पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । दुर्घटनामा परेका मृतक तथा घाईते सवै जलजला गाउँपालिका, २ मल्लाजकाे रातढुङ्गाका हुन ।

प्रहरीका अनुसार गम्भीर घाईते वर्ष २१ की सृजना परियार, वर्ष २० की प्रियन्का बोहोरा, वर्ष २८ को सुमन परियार र उनका १३ बर्षिय छोरा सज्जन परियारलाई थप उपचारकालागी पाोखरा रिफर गरिएको छ । दुर्घटनामा घाईते सुवोध नेपाली ण्(३०), सपना परियार (१३), माया दमाई (४०), यसोदा परियार (१३), रोशन सिङगल (२३), नविन वर्देवा (१६), सन्देश रत्न (१२) र अर्जुन परियार (१४)को घाईतेको बेनी अस्पतालमा उपचार भैरहेको छ । बेनी अस्पतालमा उपचाररतमध्य थप ३ जना गम्भीर घाईते छन ।

स्थानीय देवेन्द्र पौडेलका अनुसार जीप यात्रुसहित पारीवेनीबाट माथी माझफाँट उक्लने क्रममा भुर्तुलाको भीरको उकालोमा रहेको घुम्तीमा गियर चेन्जगरी फोरहुईल लगाउन खोज्दा ब्रेक फेलभै डिलबाट अन्दाजी २ सय मिटर तल भिरमा खसेको थियो ।

स्थानीयका अनुसार उनीहरुले तिहारमा द्योसीभैली खेलेर जम्मा गरेको रकमले भोली विहीवार वनभोज खाने योजनासहित आज बेनीमा सामान खरिद गर्न आएका थिए ।