FLASH NEWS
  • Loading...

यस्ताे हुने छ, अासन्न चुनावमा माैषम

  • पुनहिल डट कम
  • १ साल अघि
  • ९६ पटक पढिएको
यस्ताे हुने छ, अासन्न चुनावमा माैषम

अासन्न प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनकाे दिन र त्यस अघीका तीन दिन माैषममा प्रभाव पर्ने देखिएकाे छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातकाे संभावना छ । अन्य क्षेत्रमा माैषम वदलिएर चिसाे बढेपनि पानी परिहाल्ने देखिएकाे छैन ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हालको मौसमी विश्लेषण अनुसार, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि २०७९ मंसिर ०२ गते शुक्रबार देखि मंसिर ०४ गते आईतबार सम्मको मौसम पूर्वानुमान यस प्रकार रहेको छ :

२०७९ मंसिर ०२ (शुक्रबार)प्रदेश नं १बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । प्रदेश नं १बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

२०७९ मंसिर ०३ (शनिबार)प्रदेश नं १बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । प्रदेश नं १बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

२०७९ मंसिर ०४ (आईतबार)प्रदेश नं १बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ ।