FLASH NEWS
  • Loading...

एतिहाँसिक वस्ती दोवा र भुरुङतातोपानीमा एमालेको चुनावी सभा

  • पुनहिल डट कम
  • १ साल अघि
  • ८९१ पटक पढिएको
एतिहाँसिक वस्ती दोवा र भुरुङतातोपानीमा एमालेको चुनावी सभा

शनिवार एमालेले उत्तरी भेगको अन्नपूर्ण गाउँपालिका, १ र २ वडाका दोवा र भुरुङमा चुनावी सभा आयोजना गरेका छन ।
चुनावी सभालाई सम्बोधन गर्दै एमालेका प्रतिनिधी सभा सदस्य उम्मेदवार हरीकृष्ण श्रेष्ठले जिल्लामा तिब्र भैरहेको बसाई सराई रोक्ने र गाउँका बाँझा जमिनहरुलाई स्थानीय/शहर झरेका वा विदेश पुगेकाहरुकै सहभागीतामा ब्यवसायीक कृषी कम्पनीहरु स्थापना गरी स्थानीय हावापानीमा आधारिक कृषी उद्योगहरु संञ्चालन गर्नु पर्ने बताएका छन ।
उम्मेदवार श्रेष्ठले ०३२ सालमै पञ्चायत विघटन गरी तीन महिनासम्म गणतन्त्र स्थापना गर्ने दोवा गाउँलाई ‘एतिहाँसिक गणतन्त्र वस्ती’ घोषणा गर्दै पर्यटकीय गाउँ बनाउने र धेरै पर्यटक भित्राउने दावी गरेका छन । उम्मेदवार श्रेष्ठले थपे, ‘अन्नपूर्ण गाउँपालिकाका सवै वस्तीमा अति स्वादिष्ट आलु उत्पादन हुन्छ । यहींका लगानीकर्ताहरु संगठित गरी आलुमा आधारित उद्योग संञ्चालन गरौं । मैले चुनाव जितेपछि हरेक पालिकामा कम्तीमा एउटा स्थानीय उत्पादनमा आधारित कृषी उद्योग संञ्चालन गर्छु ।’
दोवाको चुनावी सभालाई सम्बोधन गर्दै एमालेका प्रदेश सभा सदस्य पदका उम्मेदवार देवेन्द्रबहादुर कटुवालले आफुपनि मुक्तिनाथ सदावर्त गुठीको गुठियार भएकोले दोवाको गुठी समस्या राम्रोसंग जानकारी भएको उल्लेख गर्दै भने, ‘दोवावासी भुमिहीन छन । दोवागाउँ सिंगो गुठी छ, म पनि त्यही मुक्तिनाथ गुठीबाट प्रभावित उम्मेदवार हुँ । मैले चुनाव जितें भने दोवा, राखु लगाएत सवै गुठी पिडितको तर्फबाट समस्या सुल्झाउन र गुठी जमिन रैकर बनाउन जीवनमरणको लडाई लड्छु ।’
त्यस्तै, शनिवार नै भुरुङ तातोपानीमा आयोजना गरिएको छुट्टै चुनावी सभालाई सम्बोधन गर्दै एमाले  प्रदेश सभा सदस्य उम्मेदवार देवेन्द्र केसीले भने, ‘भुरुङका अगुवा र सचेत धनबहादुर जीले जडुवुटी सतुवाको ब्यवसायी उत्पादनकोलागी प्रयोगात्मक खेती थाल्नु भएको छ । यही सुतवा फर्मलाई आधार मानेर तातोपानीका वरपरका वस्तीमा कुन खेती वा ब्यवसाय गर्न सकिन्छ अध्ययन गर्ने र नाफामा आधारित ब्यवसाय स्थापना गराउँछु ।’