FLASH NEWS
  • Loading...

तातोपानी कुण्ड खोतल्दै अन्नपुर्ण गापा-६ का जनप्रतिनिधी

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४८ पटक पढिएको
तातोपानी कुण्ड खोतल्दै अन्नपुर्ण गापा-६ का जनप्रतिनिधी

देश चुनावमय छ । उम्मेदवार, राजनैतिक दल र तिनका कार्यकर्तालाई चुनावी चटारो छ । चुनावी चटारो र आवद्ध दलको दवाव विचपनि यहाँका केही जनप्रतिनिधी भने श्रमदानमा जुटेका छन ।
अन्नपूर्ण गाउँपालिका, ६ घारका वडाध्यक्ष रामबहादुर खड्का, सदस्य क्षेत्रबहादुर बरुवालसमेत जनप्रतिनिधीहरु भने सोही वडाको रातोपानी स्थित कालीगण्डकी नदी किनारको तातोपानी पोखरीको वालुवा खोतल्न श्रमदान गरिरहेका छन ।
‘छिमेकी गाउँका तातोपानीमा विरामीको भिड लाग्न थाल्यो । ठेक्का लागी सक्यो तर हाम्रो गाउँको तातोपानी र पोखरी बालुवाले पुरिएको थियो । पुन: तातोपानीको पोखरी संञ्चालन गर्न भरिएको वालुवा फाल्नु पर्ने थियो त्यसैले हामी जनप्रतिनिधीले पहिला श्रमदान सुरु हौं’ अन्नपूर्ण गाउँपालिका, ६ घारका वडाध्यक्ष रामबहादुर खड्काले भने, ‘जनप्रतिनिधीले वालुवा फाल्न थालेपछि वरपरका सर्वसाधारणले पनि श्रमदान गरेका छन । श्रमलाई मुल्यमा रुपान्त्रण गर्दा ५–७ लाखबढी श्रमदान भएको छ ।’
अन्नपूर्ण गाउँपालिका, ६ घारको रातोपानी स्थित तातोपानीको मुहान–पोखरी/कुण्ड बर्षेनी बर्खायाममा कालीगण्डकीको भेलले पुर्ने र हिउँदमा पानीको सतह घटेपछि स्थानीयले यसरी नै श्रमदानगरी वालुवा हटाई, तातोपानीको पोखरी बनाउने गर्छन । जिल्लाको उत्तरी भेगका रघुगंगा र अन्नपूर्ण गाउँपालिका क्षेत्रका बासिन्दाले परापूर्वकालदेखी यहाँको तातोपानीमा डुवेर प्राकृतिक उपचार गर्दै आएका छन ।


‘आम निर्वाचनको चटारो विच सामाजिक काममा जनप्रतिनिधीहरु आफैले श्रमदानगरी रातोपानीको तातोपानी पोखरी बनाएकोमा खटिने वडाध्यक्ष समेत जनप्रतिनिधीलाई नमन’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले सामाजिक संञ्जाल फेसवुकमा स्टाटस लेखे, ‘यस्ता सामाजिक कामले जनप्रतिनिधीको शिर उचो बनाएको छ ।’
अन्नपूर्ण गाउँपालिकाले रातोपानीको तातोपानी ब्यवस्थापन गर्न पोखरीमा भरिएको बालुवा आफैले सफा गर्ने र वालुवा लैजानेगरी बार्षिक ३ लाखमा टेण्डर लगाउन सूचना जारी गरेको थियो तर कसैले पनि टेण्डर नहालेपछि वडाध्यक्ष समेत जनप्रतिनिधीले श्रमदान गरी तातोपानीको पोखरीमा भरिएको वालुवा खोतलेर विरामीलाई डुब्न योग्य बनाएका हुन ।
त्यसैविच अन्नपूर्ण गाउँपालिकाले पालिका भित्रका रहेका ४ वटा तातोपानीका पोखरीहरुमध्य वडा नं २ मा रहेको भुरुङतातोपानी कुण्डलाई ४० लाख ५ सय ५५ र वडा नं ५ पाउवारमा रहेको तातोपानी पोखरीलाई १० लाख ५५ हजार ५ सय १५ रुपैयाँमा ब्यववस्थापन ठेक्का दिएको छ । वडा नं ६ को रातोपानी स्थित तातोपानी पोखरीमा ३ लाख न्यूनतम अङक राखी सूचना गरीएकोमा ठेक्का परेन । अर्को वडा नं १ दोवामा पर्ने तातोपानीको पोखरी वस्तीदेखी अपाएकमा रहेकोले ब्यवस्थापन र संरक्षणमा बजेट ब्यवस्था गरेको छ । सवै तातोपानीको पोखरीहरु अन्नपूर्ण चक्रिय पदमार्ग अन्र्तगत कालीगण्डकी किनारामा बेनी–जोमसोम सडककै वारीपारी रहेका छन ।
त्यस्तै, अन्नपूर्ण चक्रिय पदमार्गको उत्कृष्ट पदमार्ग गन्तब्य पुनहिलमा पुग्ने पर्यटककालागी टि/कफी सप चलाउन र प्रवेश शुल्क लिन गाउँपालिकाले छुट्टै ५६ लाख ६० हजारमा ठेक्का दिएको छ । यी पर्यटकीय क्षेत्रमा पछिल्लो चार वर्षपछि टेण्डर लागेको हो ।
‘गाउँपालिका भित्र रहेका तातोपानी, पुनहिल भ्यु पोइन्ट, खोप्रा, महरे जस्ता प्राकृतिक श्रोतसाधनको समुदायले ब्यवस्थापन गर्दे आएकोमा ति क्षेत्रको आम्दानीलाई पालिका मातहत ल्याई टेण्डर गरेका हौं । जस्को ठूलो हिस्सा सोही क्षेत्रका संरक्षण र ब्यवस्थापनमै खर्च गरिन्छ’ अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्माले भने, ‘अझै केही पर्यटकीय क्षेत्रलाई ब्यवस्थित गर्न कार्यविधी बनाउनु पर्ने र पालिकाको आम्दानीका नयाँ श्रोत खोज्नु पर्ने छ ।’

तस्वीर छ ।

तातोपानी कुण्ड खोतल्दै जनप्रतिनिधी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ६ रातोपानी स्थित तातोपानीको पोखरीमा गत वर्खामा कालीगण्डकी नदीले पुरेको वालुवा झिकेर तातोपानीको पोखरी निकाल्दै वडाध्यक्ष रामबहादुर खड्कासमेत जनप्रतिनिधी र स्थानीय । तस्वीर : कान्तिपुर