FLASH NEWS
  • Loading...

गरिमा विकास बैंकले १४.५ प्रतिशत लाभांश घोषणा

  • पुनहिल डट कम
  • १ साल अघि
  • १३० पटक पढिएको
गरिमा विकास बैंकले १४.५ प्रतिशत लाभांश घोषणा

गरिमा विकास बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा तथा सेयर प्रिमियमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीकाे कुल १४.५ प्रतिशतले हुन आउने ६६ करोड ५६ लाख ७६ हजार ६५७.७८  रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने ५९ करोड ६८ लाख १३ हजार ५५५.२५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.५ प्रतिशतले हुन आउने ६ करोड ८८ लाख ६३ हजार १०२.५३ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणभासबाट सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

हाल गरिमा विकास बैंकले करिव ७१ अर्ब निक्षेप संकलन गरी ६३ अर्ब कर्जा प्रवाह गरेको छ भने नेपालभर सातवटै प्रदेशमा रहेका १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर, ५१ एटीएम एवं डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित तथा गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ ।