FLASH NEWS
  • Loading...

एमालेकाे रघुगंगाकाे चिमखाेला, पिप्ले र मालिकाकाे रूममा चुनावी सभा

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११६९ पटक पढिएको
एमालेकाे रघुगंगाकाे चिमखाेला, पिप्ले र मालिकाकाे रूममा चुनावी सभा
 म्याग्दीमा एमालेबाट प्रतिनिधी सभा सदस्य उम्मेदवार हरीकृष्ण श्रेष्ठ तथा प्रदेश सभा सदस्य क्षेत्र २ का उम्मेदवार याम गर्वुजाले मालिका गाउँपालिका, २ र ३ रूममा विहिवार चुनाव प्रचार प्रशार कार्यक्रम गरेका छन ।
त्यस्तै विहिवार नै एमालेका प्रतिनिधी सभा सदस्य हरीकृष्ण श्रेष्ठ तथा प्रदेश सभा सदस्य क्षेत्र १ का उम्मेदवार देवेन्द्रबहादुर केसीले रघुगंगा गाउँपालिका, ७ चिमखाेला र ३ पिप्लेमा चुनावी सभा अायाेजना गरेका छन । उम्मेदवार हरीकृष्ण श्रेष्ठ र गर्वुजाले अाफुहरूले निर्वाचन जिते रूमकाे स्लेट ढुङ्गाकाे ब्यवस्थित उत्खनन गर्ने र बजार सुरक्षित गर्ने, सडककाे स्तर उन्नत गराउने कुरामा ग्यारेन्टी गरे ।
त्यस्तै,  सबै स्थानीय तहमा कोल्डस्टोरेज र गोदाम सविुधा,  उत्पादित कृषी उपजकाे सुरक्षाकालागी कृषी विमा, कृषीमा लगानी दाेब्बर बनाउने, कृषी उत्पादनकाे निश्चित मुनाफासहित समर्थन मुल्य ताेक्ने, प्रमखु खाद्य बालीहरू धान, मकै , गहुँ, फापर, तरकारी र फलफूल तथा दध, ू अण्डा, मासु, माछा र पश–ुपन्छीका उत्पादनमा आत्मनिर्भर बनाइन याेजना ल्याउने पनि एमाले उम्मेदवारले मतदातासँग प्रतिवद्धता गरे ।
छुट्टै नेकपा एमालेका प्रतिनिधी सभा सदस्य हरीकृष्ण श्रेष्ठ तथा प्रदेश सभा सदस्य क्षेत्र १ का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले विहिवार रघुगंगा गाउँपालिकाकाे ७ चिमखाेला र ३ पिप्लेमा चुनावी सभा गरेका छन । चिमखाेलाकाे चुनावी सभामा उम्मेदवारद्वयले चिमखाेलालाइ सांस्कृतिक पर्यटनकाे हव बनाउने,  अाफु जिससमा रहदैदेखी सुरू गरेकाे धवलागिरी अाइसफल पदमार्ग ब्यवस्थित गरी पर्यटक ल्याउने, सडक स्तर उन्नत र विधालयकाे गुणस्तर सुधार गर्ने प्रतिवद्धता गरेकाे चुनावी सभामा सहभागी गम पुनले बताए ।
त्यस्तै, चुनावी सभाहरूमा उम्मेदवार त्रयले कृषि क्षेत्रमा लगानी बढाउने, कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरणको अभियान चलाउने, कृषि पेसालाई मर्यादित पेसाको रूपमा विकास गर्ने, कृषी क्षेत्रलाइ अार्थीक बृद्धी, राेजगारी सृजनाकाे माध्यम बनाउने, सुपथ मलविउ र उचित सिंचाइ सुविधा गराउने, कृषककाे वारीमै कृषी प्राविधिक पुराउने गरी काम गर्ने बताए ।