FLASH NEWS
  • Loading...

पुनहिल घोडा दौडमा प्रतियोगितामा हितमान उत्कृष्ट घाेडचढी

  • पुनहिल डट कम
  • १ साल अघि
  • २७० पटक पढिएको
पुनहिल घोडा दौडमा प्रतियोगितामा हितमान उत्कृष्ट घाेडचढी

पर्यटकीय क्षेत्र घोरेपानीमा आयोजित तेस्रो घोडादौड प्रतियोगितामा कास्की चुईलेका हितमान गुरुङ पहिलो भएका छन ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ६ घोरेपानीका घोडा ब्यवसायी संघको आयोजनामा विहिवार सम्पन्न प्रतियोगितामा म्याग्दी घोरेपानीका याम पुन दोस्रो र कास्की छोम्रोङका सुमित गुरुङ तेस्रो भएका छन ।
अन्नपूर्ण गाउँपालिका, ५ घोप्टेखर्क–घोरेपानी ७.५ किलोमिटर दुरी २५ मिनेट, ३८ सेकेण्डमा पारगरी हितमानले ५१ हजार नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे । त्यसैगरी पुनले निर्धारित दुरी २५ मिनेट ५३ सकेकेण्ड तथा सुमितले २६ मिनेट ५४ सेकेण्डमा पुरागरी क्रमश : ३१ हजार र २१ हजार नगद, ट्रफि र प्रमाण पत्र प्राप्त गरे ।
घोडेपानी पर्यटन ब्यवसायी शुशिल पुनका अनुसार प्रतियोगितामा म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिका भित्रका १६ जना घोडाचढी सहभागी थिए । अन्नपूर्ण पदमार्ग अन्र्तगत कास्कीको अन्नपूर्ण गाउँपालिका अन्र्तगतका घान्द्रुक, छोम्रोङ, उल्लेरी, टाडापानी र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घोरेपानी, चित्रे, शिख, खिवाङ क्षेत्रका क्षेत्रमा आउने पर्यटकको सुविधाकालागी घोडा ब्यवसाय संञ्चालनमा छन । तस्वीर ः विरेन पुन, घाेरेपानी