FLASH NEWS
  • Loading...

त्याे रातो विकिनी

  • पुनहिल डट कम
  • १ साल अघि
  • २९७ पटक पढिएको
त्याे रातो विकिनी

उनी पोखरीमा घाँटीसम्म शरिर पानीमा डुबाएर बसेकी छिन । पानीमा तैरइिरहेको उनको गोरो शरीरमा आकर्षक रातो बिकिनी टल्किएके छ। त्यसो त हामी पनि पोखरीमा नै छौं । लाज छोप्न मात्र लगाएके अन्तरवस्त्रमा आधा शरीर डुबाएर ।

“पिउँ? चियर्स” पिउन लागेको वियर गिलास तेस्र्याउँछिन् उनी  । मैले क्यान ठेक्काउँछु । अनी चुस्कि लगाउँछु ।

क्यानलाई राखेर उनी पोखरीको डिलमा उक्लन्छिन  । आँखाका कुनाकुनातिरचाँहि मुस्कानका मसिना भावहरू देखिन्छन्, हो कि, होइनजस्तो  । अनुभवी कलाकारले बनाएको पोट्रेटमा देखिने सौन्दर्य उनको अनुहारमा देखिएको छ  । अझ विशेष गरेर आँखामा  ।

“थोरङ्लाको चिसो बाँकी नै छ अझै,” म उनको पानीमा डुब्न बाँकी शरीर हेर्दै बोल्छु  ।

“म तातो बनाइदिऊँ ?” सिल्भिया हाँसिन्  । म पनि हाँस्छु  । अलि पर बसेका थाई वृद्ध जोडी पनि हाँस्छन्  ।

उनी बियर तान्दै डिलमा टुक्रुक्क बसेर पिडुँला मिच्न थाल्छिन्  । उनको भंगिमाले मेरो मनै बाउँडेजस्तो हुन्छ  ।

इजरायलमा मस्तीसँग विद्यार्थी जीवन बिताइरहेकी सिल्भिया एक हूल इजरायली साथीसँग नेपाल घुम्न आएकी  । उनीसँग मेरो परिचय बाटोको रुप्से छहरामा भएको  । त्यसपछि यही तातोपानीको पोखरीमा हाम्रो भेट भयो  । ताताेपानीकाे पाेखरीमा डुवुल्कि लगाइ रहेकी रातो बिकिनीका साथ  ।

कात्तिक पहिले साता । जाडो र अँध्यारोबीच एकनास बगिरहेको छ, कालीगण्डकी  । कालीगण्डकीकै बगलमा उभिएका छन् दुई बडेमानका पहाड  । एक बडेमान पहाडको काखमा हामी छौँ, सिल्भिया र म  । अर्को बडेमानको पहाडको फेदीमा बगिरहेको छ, कालीगण्डकी  ।

“तिम्रो आँखामा विशेष चमक छ, मन तान्ने !” म भन्छु  ।

उनी फिस्स हाँस्दै उत्तर दिन्छिन “थाहा छैन  ।”

यत्तिकैमा सिल्भियाको गाइडले माथि होटलमा जाने संकेत गर्छन । उनी हत्तपत्त पोखरीबाट बाहिर निस्किन्छिन् र भिजिरहेको त्यो रातो बिकिनीमाथि एउटा लामो टिसर्ट भिरेर ‘बाई’ भन्दै होटलतिर उक्लिन्छिन्  । कति निर्दयी रहिछिन्  । सिल्भियाको शरीरले पनि उनी कम आकर्षक थिइनन्  ।

थोराङ्लाको उकालो पार गरेको यो शरीर  । यो शरीर नहुँदो हो त, मन मात्रैले के पार गर्न सक्थ्यो थोरङ्ला ? मनको इच्छा र आकांक्षाहरू पूरा गर्ने शरीरलाई  । हिमालपारीबाट कालीगणडकीले बनाएकाे संसारकै गहिराे खाेंच छिचाेल्दै तल झर्दा भेटियाे बिजुलीका साना गुलुपहरू बलेको सानो बस्ती  । खुला पसलैपसल  । कालीगण्डकीको तीरमा रहेको एउटा सानो बजार रहेछ, तातोपानी  ।

कालीगण्डकीको तीरमा अवस्थित दुई खुला कुन्ड तातोपानीका , कुण्ड । छेउमा सानो काउन्टर  । १ सय रुपियाँ तिर्नुपर्ने रहेछ, तातोपानीमा डुब्नलाई  । काेराेना कहरले लामाे समयदेखी पर्यटन क्षेत्र सुस्ताएपछि ताताेपानी पनि रित्ताे भएकाे रहेछ । विश्व प्रशिद्ध अन्नपुर्ण चक्रिय मार्गमा विदेशी पदयात्री घटे । ताताेपानीकाे पाेखरीमा पनि यस वर्षदेखी वल्न फाट्टफुट्ट बाह्य पर्यटक अाउन थालेका रहेछन । तीनै मध्यकी  एक हुन, सिल्भिया ।

एउटा रमाइलो कुरा के रहेछ भने तातोपानीको कुन्डमा डुब्नुपूर्व तातोपानीको धारामा नुहाउनुपर्ने रहेछ  । साबुन लगाएर मजाले तातोपानीको धारामा नुहाइसकेपछि मात्र तातोपानीको कुन्डमा डुब्न पाइँदो रहेछ  । तातोपानीको पोखरीमा डुबेपछि नै हो, मैले रातो बिकिनीमा सिल्भियालाई देखेको  ।