FLASH NEWS
  • Loading...

कोरोनाको सबैभन्दा संक्रामक मानिएको सब भेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो

  • पुनहिल डट कम
  • १ साल अघि
  • १९० पटक पढिएको
कोरोनाको सबैभन्दा संक्रामक मानिएको सब भेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो

नोबल कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी नेपालमा पनि भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नयाँ भेरियन्ट भेटिएको पुष्टि गरे । उनले गत २१ साउन देखि १४ असोजसम्म कोभिड – १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी पहिचान भएको बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म सो भेरियन्ट विश्वका २६ देशमा पुगिसकेको छ ।

सार्स कोभ – २ भाइरसको ओमिक्रोन भेरियन्टको मूलबाट आएको उच्च दरमा म्युटेड भएको भेरियन्ट गतवर्षको सुरुवातमा उच्च दरमा फैलिएको थियो । एक्सबीबी भने विभिन्न कारणले अहिलेसम्मकै सबैभन्दा खराब भाइरस मानिएको छ ।

यो विगतका भेरियन्ट र सब भेरियन्ट भन्दा निकै धेरै संक्रामक रहेको बताइएको छ । यसले मोनोक्लोनोल थेरापीबाट प्राप्त हुने एन्टीबडीको पनि वेवास्त ागर्ने र कोभिड उपचारका लागि प्रयोग हुने औषधिहरुलाई पनि प्रभावहीन बनाउने विभिन्न रिपोर्टमा उल्लेख छ ।

सहप्रवक्ता डा अधिकराीले यो भेरियन्ट उच्च गतिमा फैलन सक्ने सम्भावना रहेको भन्दै संक्रमण रोक्न सबै जिम्मेवार हुनुपर्ने बताएका छन् । उनले जनस्वास्थ्यको सबै मापदण्ड पालन गर्न समेत आमजनतालाई आग्रह गरेका छन् ।