FLASH NEWS
  • Loading...

म्याग्दीकी तारादेवीले ६ संस्करणको राष्ट्रिय खेलकुदमा स्वर्ण जितेर इतिहाँस रचिन

  • पुनहिल डट कम
  • १ साल अघि
  • २१४ पटक पढिएको
म्याग्दीकी तारादेवीले ६ संस्करणको राष्ट्रिय खेलकुदमा स्वर्ण जितेर इतिहाँस रचिन

नेपाल पुलिस क्लबकी तारादेवी पुनले ६ संस्करणको राष्ट्रिय खेलकुदमा स्वर्ण जित्दै इतिहास बनाएकी छिन्।

ताराले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा भइरहेको भारोत्तोलनको ८१ केजी तौल समूहमा तीन राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन्।

उनले क्लिन एन्ड जर्कमा १०२ केजी भार बाहन गर्दै राष्ट्रिय कीर्तिमान बनाइन्। यस्तै ताराले स्न्याचमा ७० केजी उचालेर अर्को राष्ट्रिय कीर्तिमान बनाइन्। कुल १७२ केजीका साथ उनले तेस्रो कीर्तिमान बनाइन्।

यसअघि तीन वटै कीर्तिमान लक्ष्मी वनको नाममा थियो। उनले १३औं सागमा स्न्याचमा ६९ केजी, क्लिन एन्ड जर्कमा ८७ केजी  र कुलमा १५६ केजी उठाउदै कीर्तिमान बनाएकी थिइन्। तर ताराले कीर्तिमानभन्दा १६ केजी बढी उठाएर कीर्तिमान बनाउन सफल भइन्।

यो स्पर्धामा एपिएफकी अन्जली श्रेष्ठले रजत र सुदूरपश्चिमकी चम्पाकुमारी ठकुन्नाले कास्य जिते।

यसअघि ताराले २०५४ सालमा १६ वर्ष उमेरमा नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा भलिबलबाट स्वर्ण जितेकी थिइन्। त्यसपछि भारोत्तोलनमा प्रवेश गरेकी ताराले राष्ट्रिय प्रतियोगिता लगातार स्वर्ण जितिन्।

उनले २०६५ सालमा काठमाडौंमा भएको पाँचौ, २०६८ मा धनगढीमा भएको छैठौं, २०७३ मा विराटनगरमा भएको सातौं र २०७६ मा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेर कीर्तिमान बनाइकी थिइन्। *सेताेपाटीबाट