FLASH NEWS
  • Loading...

तेक्वाण्दोमा १४ स्वर्णसहित पुलिस पहिलो

  • पुनहिल डट कम
  • १ साल अघि
  • १६४ पटक पढिएको
तेक्वाण्दोमा १४ स्वर्णसहित पुलिस पहिलो

म्याग्दीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत तेक्वान्दो प्रतियोगितामा नेपाल पुलिस १४ स्वर्ण पदक सहित पहिलो भएको छ । पुलिसले पुरुष तर्फ ११ र महिला तर्फ ३ स्वर्ण जोडेको हो । पुलिसले ६ रजत र २ कास्य जितेको छ ।
बेनीको कालीपुल कवर्डहलमा सञ्चालित फाईनल प्रतियोगितामा महिला तर्फ ५ स्वर्ण र पुरुष तर्फ १ गरी ६ स्वर्णसहित आर्मी दोस्रो स्थानमा सिमित बनेको छ । आर्मिले कुल ७ रजत र २ कास्य जितेको छ । शसस्त्रले कुल २ स्वर्ण, २ रजत र ९ कास्य जितेको मुख्य प्रशिक्षक नविन श्रेष्ठले जानकारी गराए । मधेश प्रदेशले १ स्वर्ण बाहेक अन्य प्रदेश स्वर्णरहित फर्के ।
आज सम्पन्न फाईनल खेलहरुमा पुरुष ६३ केजीमा पुलिसका गोविन्दबहादुर एलीले स्वर्ण, आर्मिका राहुल कुमालले रजत र मधेशका विक्रान्त डंगोले तथा एपिएफका रन्जित साउदले कास्य जिते । त्यस्तै, ६८ केजी तौल समुहमा आर्मिका सगुन श्रेष्ठले स्वर्ण, बाग्मतीका सागर तामाङ रजत र लुम्बिनीका नविन चौधरी तथा एपिएफका मोहोमदले स्वर्ण, मधेसका अमितकुमार सिंह रजत र एपिएफका निरोज देउवा र कर्णालीका सोहन रावत कास्य जिते ।


महिला ४९ केजी समुहमा एपिएफकी गिता विष्ट स्वर्ण, पुलिसकी अञ्जली तामाङ रजत र मधेशकी मनिसा वाईवा तथा लुम्बिनीकी रितिका शाही कास्य जितिन । त्यस्तै महिला ६२ तौल समुहमा पुलिसकी सुस्मिता मोक्तानले स्वर्ण, आर्मीकी रेश्मा थापाले रजत र कर्णालीकी विवका बस्नेतले तथा प्रदेश १ की प्रज्ञा परियारले कास्य जिते ।
त्यस्तै, सोमबार राती १०:३० सम्म संञ्चालन भएका फाइनल खेल अन्तरगत महिला ४६ केजीतर्फ नेपाली सेनाकी काजल श्रेष्ठ, महिला ६७ केजीमा प्रहरीकी इन्दिरा वस्नेत, महिला ७३ केजीमा सेनाकी नम्रता तुलाधर, पुरुष ८७ केजीबढीको तौल समूहमा शसस्त्रका भिमबहादुर खड्का, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा शसस्त्रका सुस्मिता गुरुङ, पुरुष ८० केजीमा प्रहरीका अभिसेक बरालले स्वर्ण पदक दिलाए ।
महिला ४६ केजीमा सुदरपश्चिमका झरना नाथले रजत, शसस्त्रका बर्षा थापा र बागमतीका रोशनी श्रेष्ठले कास्य, महिला ६७ केजीमा सेनाकी ग्यानी चुदाँराले रजत, प्रदेश १ की सविना माझी र शसस्त्रकी सोरन गुरुङले कास्य र महिला ७६ केजीमा एनआरएनएकी सुमित्रा खत्रीले रजत, लुम्बिनीका सुष्टि सुर्तुङ्गा मगर र शसस्त्रकी रेजिना पार्कीले कास्य पदक जितेका छन् ।
पुरुष ८७ केजीबढीको तौल समूहमा प्रहरीका आसुतोष बरालले रजत, गण्डकीका निरजबहादुर नेपाली र मधेशका विकास तामाङले कास्य, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा सेनाका प्रतिज्ञा भण्डारीले रजत, कर्णालीकी इला केसी र मधेशका प्रवली वस्नेतले कास्य र पुरुष ८० केजी तौल समूहमा सेनाका जक्की यादवले रजत, शसस्त्रका जनकबहादुर जोशी र मधेशका पवनकुमार श्रेष्ठले कास्य पदक जितेका छन् ।