FLASH NEWS
  • Loading...

एपीएफ बन्याे राष्ट्रिय महिला भलिवल च्याम्पिएन

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३०५ पटक पढिएको
एपीएफ बन्याे राष्ट्रिय महिला भलिवल च्याम्पिएन

नवौं राष्ट्रिय खेलकुद अन्र्तगत म्याग्दीको बेनीमा सम्पन्न महिला भलिविल प्रतियोगितामा विभागिय क्लव एपीएफले स्वर्ण जितेको छ ।


दर्शकले खचाखच बेनी खेलमैदानमा सम्पन्न फाईनल खेलमा पुलिस विरुद्ध एपिएफले २५–१९, ३०–२८, २४–२६ र २५–२१ अंक प्राप्त गरी राष्ट्रिय महिला भलिवल च्याम्पिएन भएको हो । दर्शकको मायाँ र हुटुङ पाएपनि खेल मिलाउन नसक्दा पुलिसले महिला भलिवलमा रजतमा चित्त बुझाएको छ ।


तेस्रो स्थानकालागी बुधवार भएको अर्को खेलमा गण्डकी प्रदेशलाई २०–२५, २५–१२, २५–२१ र २५–१७ अंकसहित पराजित गरी बाग्मती प्रदेशले कास्य पदक जितेको हो ।नवौं राष्ट्रिय खेलकुद अन्र्तगत म्याग्दीको बेनीमा सम्पन्न महिला भलिविल प्रतियोगितामा रजत पदकमा चित्त बुझाएको पुलिस क्लवका खेलाडीलाई कास्यमा सिमित बाग्मती प्रदेशका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदले नाम नलेखेको खाली प्रमाण पत्र दिएर पठाएको थियो ।


महिला भलिविल प्रतियोगितामा एपिएफ र पुलिस विचको फाईनल खेल हेर्न ५ हजारबढी दर्शक बेनीको खेलकुद मैदानमा आएको प्रतियोगिताको स्थानीय संयोजक जिल्ला खेलकुद विकास समितिले गरेको छ ।