FLASH NEWS
  • Loading...

महिला भलिवल : बुधवार पुलिस र एपिएफ स्वर्ण पदककगी भिड्ने

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४१ पटक पढिएको
महिला भलिवल : बुधवार पुलिस र एपिएफ स्वर्ण पदककगी भिड्ने

म्याग्दीको बेनीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियाेगिता अन्र्तगत भाेली वुधवार नेपाल पुलिस र शसस्त्र स्वर्ण पदककालागी भिड्ने भएका छन । तेस्रो स्थानकालागी विहान १० बजे गण्डकी र बाग्मती विच कास्य पदककालागी खेल्ने छन ।
मंगलवार भएको सेमिफाइनलमा एपिएफले बाग्मती प्रदेशमाथी ३–१ को सेटमा जित निकाल्यो । पहिलो सेट २३–२५ ले गुमाएको एपिएफलले त्यसपछिका तीन वटै सेट आफ्नो पक्षमा पार्न सफल भयो ।

दर्शकले खचाखच बेनी खेलमैदानमा सम्पन्न भएका सेमी फाईनल खेलमा एपिएफले बाग्मती विरुद्ध २३–२५, २५–२३, २५–२२ र २५–१६ को सेटमा पराजित गरी फाईनल प्रवेश गरेको हो । एपिएफकी निरुता ठगुन्ना वुमन्स अफ दि म्याच घोषित भईन ।

त्यसै, सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएर फाईनलमा एपिएफसँगको भेट पक्का गरेको हो । पुलिसले गण्डकी विरुद्ध २५–१०, २५, १८ र २५–११ को सोझो सेटमा पराजित गररेको थियो । पुलिसकी कामना विष्ट वुमन्स अफ दि म्याच घोषित भईन ।