FLASH NEWS
  • Loading...

तेक्वान्दोमा ८ स्वर्णसहित प्रहरीको अग्रता, विभागीय टिमकै बर्चश्व

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८४ पटक पढिएको
तेक्वान्दोमा ८ स्वर्णसहित प्रहरीको अग्रता, विभागीय टिमकै बर्चश्व

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत म्याग्दीमा जारी तेक्वान्दा प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस, शसस्त्र र सेनाले पदकमा बचश्व कायम गरेका छन् ।
बेनीको कालीपुल कवर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन सोबारसम्म १६ वटा इभेन्ट्स सकिँदा नेपाल पुलिसले क्लवले आठ स्वर्ण पदक जितेको छ । सेनाले पाँच, शसस्त्रले दुई र मधेश प्रदेशले एक वटा स्वर्ण पदक जितेका तेक्वाण्दोका मुख्य प्रशिक्षक नविन श्रेष्ठले बताए ।

प्रहरीले तीन, सेनाले छ, शसस्त्रले दुई, लुम्बीनीले दुई, सदुरपश्चिम, मधेश प्रदेश र एनआरएनले एक/एक वटा रजत पदक जितेका छन् । गण्डकी र प्रदेश १ ले सात/सात, शसस्त्रले छ, मधेश र बागमतीले तीन/तीन, लुम्बीनी र सेनाले दुई/दुई, पुलीस र कर्णालीले एक/एक वटा कास्य पदक जितेका प्रशिक्षक श्रेष्ठले बताए ।

सोमबार राती १०:३० सम्म संञ्चालन भएका फाइनल खेल अन्तरगत महिला ४६ केजीतर्फ नेपाली सेनाकी काजल श्रेष्ठ, महिला ६७ केजीमा प्रहरीकी इन्दिरा वस्नेत, महिला ७३ केजीमा सेनाकी नम्रता तुलाधर, पुरुष ८७ केजीबढीको तौल समूहमा शसस्त्रका भिमबहादुर खड्का, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा शसस्त्रका सुस्मिता गुरुङ, पुरुष ८० केजीमा प्रहरीका अभिसेक बरालले स्वर्ण पदक दिलाए ।

महिला ४६ केजीमा सुदरपश्चिमका झरना नाथले रजत, शसस्त्रका बर्षा थापा र बागमतीका रोशनी श्रेष्ठले कास्य, महिला ६७ केजीमा सेनाकी ग्यानी चुदाँराले रजत, प्रदेश १ की सविना माझी र शसस्त्रकी सोरन गुरुङले कास्य र महिला ७६ केजीमा एनआरएनएकी सुमित्रा खत्रीले रजत, लुम्बिनीका सुष्टि सुर्तुङ्गा मगर र शसस्त्रकी रेजिना पार्कीले कास्य पदक जितेका छन् ।

 

पुरुष ८७ केजीबढीको तौल समूहमा प्रहरीका आसुतोष बरालले रजत, गण्डकीका निरजबहादुर नेपाली र मधेशका विकास तामाङले कास्य, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा सेनाका प्रतिज्ञा भण्डारीले रजत, कर्णालीकी इला केसी र मधेशका प्रवली वस्नेतले कास्य र पुरुष ८० केजी तौल समूहमा सेनाका जक्की यादवले रजत, शसस्त्रका जनकबहादुर जोशी र मधेशका पवनकुमार श्रेष्ठले कास्य पदक जितेका छन् ।

२२ वटा इभेन्टका खेल हुने प्रतियोगिता आठ वटा इभेन्ट्सको खेल सञ्चालन गर्न बाँकी छ । सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए)का ३३० जना खेलाडीले २२/२२ स्वर्ण/रजत र ४४ कास्य पदककालागी प्रतिस्पधा गरिरहेको जिल्ला खेलकुद विकास समिति म्याग्दीका तेक्वान्दो प्रशिक्षक कर्ण प्रधानले जानकारी गराए ।