FLASH NEWS
  • Loading...

गण्डकी प्रदेशकी अरुणा र पुलिसकी कमला आमने–सामने हुँदै

  • पुनहिल डट कम
  • १ साल अघि
  • २१३ पटक पढिएको
गण्डकी प्रदेशकी अरुणा र पुलिसकी कमला आमने–सामने हुँदै

नवौं राष्ट्रिय खेलकुद अन्र्तगत म्याग्दीको बेनीमा जारी महिला भलिविल प्रतियोगिताको भोली मंगलवार हुने सेमी फाईनल खेलमा गण्डकी प्रदेशकी अरुणा र पुलिसकी कमला आमने–सामने हुने भएका छन ।
सेमी फाईनलमा आमने–सामने हुन लागेका पुलिस र गण्डकी प्रदेशका टिम क्याप्टेन संयोगले म्याग्दीका परेका छन ।

सोमबार सम्पन्न क्वाटर फाईनलका प्रतियोगितामा एपिएफ, बाग्मती, पुलिस र गण्डकी प्रदेश सेमीफाईनल प्रवेश गरेका छन ।

दर्शकले खचाखच बेनी खेलमैदानमा सोमबार सम्पन्न भएका चार खेलमा लुम्बिनीलाई हराउँदै एपिएफ, दशौं खेलमा सुदुरपश्चिमलाई हराएर बाग्मती प्रदेश, एघारौं खेलमा आर्मीलाई पराजित गरी पुलिस र बाहैं खेलमा प्रदेश १ लाई हराएर गण्डकी प्रदेश सेमी फाईनल प्रवेश गरेका हुन ।

सोमबार भएका क्वाटर फाईनलका चार खेलमा एपिएफले लुम्बिनीलाई १५–२५, १८–२५ र १०–२५ को सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बाग्मतीले २५–१२, २५–१५ र २५–२३ को सोझो सेटमा सुदुरपश्चिमलाई पराजित गर्‍यो ।
क्वाटरफाईनलसम्मका सम्पन्न खेलहरु मध्य पुलिस र आर्मी विचको खेल रोचक र आर्कषक बन्यो । आर्मीलाई पुलिसले १३–२५, २०–२५, २५–२३, २५–१४ र फाइनल सेट १३–१५ मा स्तब्ध बनायो ।
सोमबार सेमिफाईनलमा एपिएएफ र बाग्मती प्रदेश तथा दोस्रो खेल पुलिस र गण्डकी विच हुने छ ।