FLASH NEWS
  • Loading...

तेक्वाण्डाेमा पुलिसका निशा र कमलले लिए २-२ स्वर्ण

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३०५ पटक पढिएको
तेक्वाण्डाेमा पुलिसका निशा र कमलले लिए २-२ स्वर्ण

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलमा नेपाल पुलिस निशा र कमलले लिए २-२ स्वर्ण सहित चार स्वर्ण पदक जितेर अग्रता लिएको छ । आर्मीले २ स्वर्ण र मधेश प्रदेशले १ स्वर्णसहित पछ्याएका छन ।

महिला सिङगल तर्फ पुलिसकी निशा दर्नाले स्वर्ण, नेपाली सेनाकी स्वतिका तामाङले कास्य र प्रदेश १ की शुशिला राई र गण्डकीकी अर्पण अधिकारी रजत जिते ।
त्यसैगरी पुम्से एकल पुरुषमा पुलिसका कमल श्रेष्ठले स्वर्ण, लुम्बीनीका युवराज राना रजत र गण्डकीका आयुष गुरुङ र प्रदेश १ का विवेक राई कास्य जिते ।

पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउतले स्वर्ण, सेनाको दिपेन्द्र गुरुङ र प्रशन्ना क्षेत्री रजत र गण्डकीका आयुश गुरुङ र अर्पणा अधिकारील तथा प्रदेश १ का विवेक राई र सुविक्षा राईले कास्य जिते ।

पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बु, जितबहादुर भाट र कमल श्रेष्ठ प्रथमले स्वर्ण, सेनाका दिपेन्द्र गुरुङ, राजन रिमाल, रामकुमार पोखरेलले रजत तथा गण्डकीका टार्जन कायत मगर, तिलक सिउथानी मगर र युकेश थापा मगर तथा शसस्त्र प्रहरीका सिर्जन श्रेष्ठ, नोर्वु मोक्तान र योवन दाहाल कास्य पदक जिते ।

टिम पुम्से महिलामा सेनाका स्वतीका तामाङ, निता गुरुङ, प्रशन्ना क्षेत्रीले स्वर्ण, पुलिसका निशा दर्नाल, सिता तामाङ, मोनिका रम्तेल रजतर शसस्त्र प्रहरीका मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश १ का मनिषा विश्वकर्मा, शान्ति राई र शुशिला कास्य जिते ।


राखेपका प्रमुख तेक्वान्दो प्रशिक्षक श्रेष्ठका अनुसार तेक्वाण्दोको पुम्सेतर्फको बिधामा नेपाल प्रहरीका निशा दर्नालले पुम्से महिला सिङगल र पियर गरी दुई स्वर्ण, टिम पुम्सेमा कास्य तीन पदक जितेकी छिन । त्यस्तै, पुलिसकै कमल श्रेष्ठले पुम्से सिङ्गल र टिममा गरी दुई गोल्ड मेडल जिते । श्रेष्ठ, तेह्रौ दक्षिण यशियाली खेलकुदका पनि स्वर्ण विजेता हुन ।

त्यसैगरी आईतवार सम्पन्न तेक्वाण्दोको गेरोगी तर्फका खेलमा महिला ५३ केजी तौल समुहमा आर्मीकी गिता कठाएतले स्वर्ण हात पारेकी छिन । शसस्त्रकी अस्मिता खड्काले रजत र पुलिसकी आयुषा लामा र लुम्बिनीकी लिम मल्लले कास्य जितेका छन । त्यस्तै गोरोगी पुरुष तर्फ ५८ केजी तौल समुहमा मधेश प्रदेशका मद सोहव अख्तरले स्वर्ण, पुलिसका शुभाषचन्द्र बोहोराले रजत र आर्मिका लोकबहादुर राउत तथा बाग्मतीका रहेन केसीले कास्य पदक जितेका छन । बाँकी खेल चलिरहेको आयोजकले जनाएका छन ।