FLASH NEWS
  • Loading...

महिला भलिवलमा एपिएफ र बाग्मती क्वाटर फाईनलमा प्रवेश, कर्णाली र मधेश प्रदेश लिगबाट बाहिरिए

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३५ पटक पढिएको
महिला भलिवलमा एपिएफ र बाग्मती क्वाटर फाईनलमा प्रवेश, कर्णाली र मधेश प्रदेश लिगबाट बाहिरिए

नवौं राष्ट्रिय खेलकुद अन्र्तगत म्याग्दीको बेनीमा जारी महिला भलिविल प्रतियोगितामा एपिएफ र बाग्मती प्रदेश क्वाटर फाईनलमा प्रवेश गरेका छन ।
आर्मी विरुद्ध एपिएफले जीत हात पारेको छ ।
दर्शकले खचाखच बेनी खेलमैदानमा आईतवार विहान सम्पन्न खेलमा एपीएफले आर्मीलाई ३–१ सेटमा पराजित गरेको हो । प्रतियोगितामा एपिएफले २५–२०, १९–२५, २५–२१ र २५–२३ अंक जोडेको थियो ।


लिग चरण अन्र्तगत एपिएफ विजेता र आर्मी उपविजेता बन्दै क्वाटर फाईनलमा प्रवेश गरेका छन । प्रतियोगितामा एपिएफकी निरुता थकुन्न उत्कृष्ट खेलाडी घोषित भईन ।
त्यसैगरी आईतवार भएको अर्को खेलमा बाग्मती प्रदेशबाट सोझो तीन सेटमा पराजित भएपछि मधेश प्रदेश लिग चरणबाट बाहिरिएको छ । बाग्मतीले मधेशलाई २५–६, २५–७ र २५–८ मा पराजित गरी क्याटर फाईनल प्रवेश गरेको हो ।
सोमबार क्वाटर फाईनलका खेलहरु विहान ८ बजे ९ एपिएफ र लुम्बिनी, लुम्बिनी र बाग्मती प्रदेश विहान १० बजे, आर्मी र पुलिस दिउँसो १ बजे तथा गण्डकी र प्रदेश १ विच दिउँसो तीन बजे खेल हुने आयोजकले जनाएको छ ।