FLASH NEWS
  • Loading...

तेक्वाण्दोमा पुलिसको अग्रता सुरूअात

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८१ पटक पढिएको
तेक्वाण्दोमा पुलिसको अग्रता सुरूअात

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत म्याग्दीको बेनी स्थित कभर्ड हलमा शुरु भएको तेक्वाण्दो प्रतियोगितामा पुलिस क्लवले चार स्वर्णसहित अग्रता लिएको छ ।
प्रतियोगिताको पुम्से एकल महिला र पुरुष दुवैमा नेपाल पुलिसकी ७.१९९ अंक सहित निशा दर्नाल र ७.५३३ अंकसहित कमल श्रेष्ठले स्वर्ण जिते । महिला तर्फ आर्मीकी स्वतिका तामाङ र लुम्बिनीका युवराज रानाले कास्य जिते ।


त्यस्तै पुम्से पियरमा नेपाल पुलिसले स्वर्ण, आर्मिले कास्य र गण्डकी तथा प्रदेश १ले रजत हात जितेका छन । पुम्से महिला तर्फ त्रिभुवन आर्मि क्लवले स्वर्ण, पुलिसले ले कास्य र प्रदेश १ तथा शसस्त्रले रजत पदक हात पारे । पुस्से विधाकै पुरुष तर्फ पुलिसले स्वर्ण, आर्मीले कास्य र शसस्त्र तथा गण्डकी प्रदेशले रजत जितेका छन ।
शनिवार साँझदेखी बेनी कभर्ड हलमा गेरोगी विधा तर्फको प्रतियोगिता सुरु भएको छ । शनिवार रातीसम्म गोरोगी तर्फ ५८ केजी समुह पुरुष र ५३ केजी समुह महिलाको क्वाट फाईनल खेल सम्पन्न गरिने तेक्वाण्डोका मुख्य प्रशिक्षक नविन श्रेष्ठले बताए ।
नवौं राष्ट्रिय खेलकुद अन्र्तगत तेक्वाण्दो खेल्न देशका सात प्रदेश, आर्मि, शसस्त्र, प्रहरी र एनआरएनसमेत चार वटा विभागिय टिम समेतका तीन सय ३० जना खेलाडी बेनी आई पुगेका छन ।
तेक्वान्दो खेलमा गेरोगी तर्फ महिला–पुरुष ८/८ गरी १६ वटा र पुम्से विधाका ३/३ गरी ६ विधामा २२ खेलका २२ स्वर्ण, २२ कास्य र ४४ रजत पदकका लागी प्रतिस्पर्धा हुने म्याग्दी तेक्वाण्दो संघका प्रशिक्षक कर्ण प्रधानले बताए ।