FLASH NEWS
  • Loading...

राष्ट्रिय महिला भलिवल प्रतियोगिता देस्रो दिन : एपिएफ, बाग्मती प्रदेश र पुलिस क्लव विजयी

  • पुनहिल डट कम
  • १ साल अघि
  • १९२ पटक पढिएको
राष्ट्रिय महिला भलिवल प्रतियोगिता देस्रो दिन : एपिएफ, बाग्मती प्रदेश र पुलिस क्लव विजयी

म्याग्दीमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिवल प्रतियोगिताको दोस्रो दिन तीन वटा खेल सम्पन्न भएका छन ।
दोस्रो दिनको पहिलो खेलमा समुह ए बाट विभागिय टिम नेपाल एपिएफले कर्णाली प्रदेशलाई २५–५, २५–२ र २५–७ को सोझो सेटमा पराजित गर्‍यो ।

त्यस्तै दोस्रो खेलमा समुह विको बाग्मती प्रदेशले प्रदेश १ लाई पनि २५–७, २५–१२ र २५–१२ को तथा तेस्रो खेलमा समुह सी बाट अर्को विभागिय टिम नेपाल पुलिस क्लवले लुम्बिनी प्रदेशलाई १०–२५, ११–२५ र ९–२५ को सोझो सेटमा पराजित गरेका थिए ।

असोज २९ गते शनिवार विहान १० बजे विभागिय टिम त्रिभुवन आर्मि क्लव र कर्णाली प्रदेश तथा दिउँसो २ बजे १ नम्बर प्रदेश र मधेश प्रदेश विच खेल हुने आयोजकले जनाएका छन । प्रतियोगिताको फाईन कात्तिक २ गते हुने छ ।