FLASH NEWS
  • Loading...

मोना हङकङद्धारा ओमकुमारी शान्ति काेषलाइ ४० लाख बढी सहयोग

  • पुनहिल डट कम
  • १ साल अघि
  • २८६ पटक पढिएको
मोना हङकङद्धारा ओमकुमारी शान्ति काेषलाइ ४० लाख बढी सहयोग

 म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले म्याग्दीका गरिब तथा आर्थिक अवस्था कमजोर भएका म्याग्देलीहरुको उपचारमा सहयाेग जुटाउँदै अाएकाे पराेपकारी संस्था  ओमकुमारी शान्ति काेषलाइ ४० लाख बढी नगद सहयोग गरेकाे छ ।

माेना हङकङले मंगलवार बेनीमा एक कार्यक्रमका विच शान्ति काेषका अध्यक्ष राजेश शाक्यलाइ रु ४० लाख ११ हाजर १११ आर्थिक सहयोग हस्तान्त्रण गरेकाे हाे । मोना हङकङका अध्यक्ष कर्णबहादुर पुनले तीन वर्ष अघी २० औँ साधारणसभाको अवसरमा संकलित रकम काेराेना समेत परिस्थितीले समय ब्यवस्थापन गर्न कठिनाइ भएकाेले ढिलागरी हस्तान्त्रण भएकाे बताए ।

अध्यक्ष पुनका अनुसार, मोना हङकङले अहिलेसम्म विपन्नको उपचार, प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाई राहत संगै शिक्षा, स्वास्थ्य लगायतको परोपकारी क्षेत्रमा साढे २ करोड बढी सहयोग गरिसकेको छ । मोना हङकङले संकलन गरेको उक्त रकम जुटाउन हङकङमा रहनुभएका १५ जना म्याग्देलीहरुले प्रतिव्यक्ति रु २ लाख सहयोग गर्नुभएको थियो । उक्त अवसरमा अक्षयकोषमा रु २ लाख सहयोग गरि व्यक्तिगत संरक्षक सदस्यता प्राप्त गर्नुभएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

२०७१ सालमा स्थापना भएको अक्षयकोष निर्माण अभियानमा हालसम्म रु १ करोड ४३ लाख संकलन भएको कोषले जनाएको छ । कोष मार्फत हालसम्म २६५ जना गरिब तथा आर्थिक अबस्था कमजोर भएका विरामीको उपचारमा आर्थिक सहायता प्रदान गरिएको कोषले दावी गरेकाे छ ।