FLASH NEWS
  • Loading...

धवलागिरी वेस क्याम्पबाट १४ भरियाको उद्धार,४५ खच्चड मरे

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३५५ पटक पढिएको
धवलागिरी वेस क्याम्पबाट १४ भरियाको उद्धार,४५ खच्चड मरे

प्रतिकुल मौषमको कारण धवलागिरी आधार शिविर फसेका १६ मध्य १४ जनाको उद्धार भएको छ ।
मंगलवार विहान हेलिकोप्टरबाट उद्धार गरिएकामध्य ५ जना शेर्पा गाईडलाई पोखरा, ४ जना भरिया र खच्चड चालकलाई म्याग्दीको ताकम र बाँकी ५ जनालाई इटली क्याम्पमा राखिएको छ ।
मुस्ताङ मार्फाका खच्चड चालक माईकल परियार, किरण परियार, भरियाहरु सन्तोष तामाङ र धनराज तामाङलाई हेलिकोप्टरले वेस क्याम्पबाट उद्धारगरी धवलागिरी गाउँपालिका, ७ ताकमको हिलापोखरीमा ओरालिएको छ । उद्धारगरी ताकम ल्याइएका माइकलका अनुसार बुद्धी, कुमार, प्रकाश, विरबहादुर र सुकलाल परियार इटली क्याम्पमा छन । माइकलका अनुसार अहिले धवलागिरी वेस क्याम्पमा अझै दुई जना शेर्पा गाईडहरु त्यहाँ रहेको धवलागिरी आरोहण गर्न लगेका सामाग्री ल्याउन हेलिकोप्टर पर्खेर बसेका छन ।
धवलागिरी आरोहण गर्न गएका जापानी, कोरियन र भारतीय आरोहीका सामाग्री बोकाएर वेस क्याम्प पुर्‍याएका ४५ वटा खच्चड भारी हिमपातमा परि धवलागिरी वेस क्याम्प र हिडनभ्यालीको विचमा पर्ने फ्रेन्चपास नजिक हिउँमा पुरिएर मरेका छन ।
वंगालको खाडीमा विकसित भै नेपाल प्रवेश गरेको मनसुनी वर्षासँगै हिमाली क्षेत्रमा लगातार चार दिन हिमपात भएपछि त्यहाँ पुगेका पर्यटक, सहयोगी र मजदुरहरु हिउँमा फसेका थिए । धवलागिरी आरोहणमा गएका इन्डियन, कोरियन, जापानिज पर्यटकका सामाग्री लिएर मुस्ताङको मार्फाबाट ४२ वटा खच्चडमा बोकाएर याकखर्क, हिडनभ्याली, फ्रेन्चपासहुँदै धवलागिरी वेस क्याम्प पुर्‍याई फर्कनेक्रममा फर्कने क्रममा हिडन भ्यालीदेखी माथी फ्रेन्सपासमा भारी हिमपातमा फसेका थिए ।
‘धवलागिरी वेस क्याम्पमा सामाग्री पुर्‍याएर फर्कने क्रममा हिमपात भयो । अगाडी जान सक्ने अवस्था भएन । चारदिन खानापानी विना फ्रेन्चपासमै बस्यौं । हिमपात रोकिएपछि फर्केर धवलागिरी वेस क्याम्प पुग्याै । सेभेन समिटका शेर्पा गाईडहरुको क्याम्पमा आश्रय दिए बाँच्यौं’ उद्धार गरिएका किरण परियालले भने, ‘हामी बाँच्याै तर हाम्रा ४५ बढी खच्चड हिउँमा पुरिएर मरे ।’
धवलागिरी आरोहणमा गएका आरोही र केही गाईडहरु म्याग्दीको धवलागिरी गाउँपालिका, ३ मुदी बगरा, दोभान, इटली क्याम्पहुँदै गएको र भरियाहरु मुस्ताङ्गको बाटो हुँदै वेस क्याम्प उक्लेका थिए । *तस्वीर इन्द्रसिं शेरचनले उपलब्ध गराएका हुन ।