FLASH NEWS
  • Loading...

पश्चिमी भेगमा सोमबारसम्म पानी पर्ने संभावना

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३२ पटक पढिएको
पश्चिमी भेगमा सोमबारसम्म पानी पर्ने संभावना

देशको पश्चिमी भू–भागमा अझै तीन दिनसम्म पानी पर्ने अनुमान गरिएको छ ।

मध्यपश्चिम बंगालको खाडी र आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावले पश्चिमी भेगमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाखाशाका अनुसार आज देशभर आंशिकदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना छ। बाँकी ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। पश्रिममा हिमपात समेत हुन सक्ने संभावना छ ।

हाल प्रदेश १ मधेशमा आंशिक देखि सामान्य बदली रही प्रदेश १ , बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा  भइरहेको छ।

त्यस्तै आइतबार र सोमबार पनि लुम्बिनी  सुदूरपश्चिम साथै  कर्णाली कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाका साथै यी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी  वर्षाको हुने महाशाखाको प्रक्षेपण छ।