FLASH NEWS
  • Loading...

कोलेस्टेरोलको रिपोर्ट कसरी थाहा पाउन सकिन्छ ?

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५० पटक पढिएको
कोलेस्टेरोलको रिपोर्ट कसरी थाहा पाउन सकिन्छ ?

कोलेस्टेरोलको स्तर बढेको बिरामीले महसुस गर्दैन । रगत परीक्षण गराउनु नै कोलेस्टेरोलको स्तर थाह पाउने तरिका हो । रगत परीक्षण पश्चात आएको रिपोर्टलाई विभिन्न श्रोतमा बताइए अनुसार निम्नानुसार विभाजन गरि बुझ्न सकिन्छ; यस सम्वन्धी बिस्तृत निर्क्यौल गर्ने काम भने सम्बंदित डाक्टरले गर्नेछन ।

 

कुन अवस्था कति खतरनाक  ?

Total Cholesterol :

२०० mg./dl भन्दा कम – सन्तोषजनक अबस्था
२०० देखि २३९ mg/.dl – खतरा शुरु हुन लागेको
२४० mg./dL m वा बढी – खतरनाक अबस्था

LDL Cholesterol :

LDL को मात्राले हृदयघातको खतरालाई Total Cholesterol भन्दा राम्रोसँग प्रतिविम्बित गर्छ ।

१०० mg/.dl भन्दा कम – सन्तोषजनक अबस्था
१०० देखि १२९ mg/.dl – खतरा शुरु हुन लागेको
१३० mg/.dl वा बढी – खतरनाक अबस्था

HDL Cholesterol :

सामान्यतया महिलामा ५०–६० mg/dl र पुरुषमा ४०–५० mg/dl हुनुपर्ने मान्यता छ। HDL कम भएमा हृदयघातको खतरा बढ्छ।
४० mg./dl भन्दा बढी – सन्तोषजनक अबस्था
४० mg/dl नरमी भन्दा कम – खतरनाक अबस्था

यसबाट जोगिनको लागि बेलैमा रगत परीक्षण गराई ढुक्क हुनुहोस  । त्यस्तै तपाईँले तपाईँले  दैनिक शारीरिक अभ्यास वा योगा गर्ने, बोसो रहित खाना खाने, धुम्रपान नगर्ने, शरीरको तौल बढ्न नदिई कोलेस्टेरोलको  खतराको रोकथाम गर्न पनि सक्नुहुन्छ ।